बिमलाको नेतृत्वमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको कार्यसमिति निर्विरोध
नुवाकोट असार १५, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति नुवाकोटको पाचौ अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।
प्रतिष्ठानको अध्यक्षमा बिमला बस्नेत सर्बसम्मत रुपमा चयन हुनुभएको छ । समितिको प्रथम उपाध्यक्षमा सन्तोषी केसी, दिद्धिय उपाध्यक्षमा गोबिन्द ओझा, महिला उपाध्यक्षमा धनकुमारी रिजाल चयन हुनुभएको छ । यस्तै, प्रतिष्ठानको सचिबमा राजेन्द्र रिजाल राजु, सहसचिबमा बासु कोइराला, कोषाध्यक्षमा रमेश गिरी र सहकोषाध्यक्षमा तोयानाथ पौडेल रहनुभएको छ ।
यस्तै सदस्यहरुमा सुमन नेपाली, रुकमिणी रिजाल, बिरबहादुर तामाङ्ग, राजकुमार रिमाल, दुर्गा थापा, साबित्री लामिछाने र पुर्षोतम अधिकारी निर्बाचित हुनु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका बरिष्ठ उपाध्यक्ष रमेश बिजीले नेपाली लोक तथा दोहोरी गीतले नेपाली मौलिकता बोकेकोले लोकगीतको संरक्षण गर्नु अहिलेको आवश्यक्ता रहेको बताउनुभएको छ । कार्यक्रममा प्रतिष्ठान सुवास केसी, केन्द्रिय सदस्यहरु राजु ढकाल, पुर्षोतम कार्की, प्रदेश नम्बर ३ का सचिब भरत बराकोटी, नुवाकोटका पुर्व अध्यक्ष दामोदर खतिवडा,महासचिब सुवास केसि लगायतले शुभकामना मन्तव्य राखेका थिए । नेपाल भरीका लोक तथा दोहोरी गीतका कलाकारहरुको छाता संगठन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटमा २०६३ सालमा स्थापना भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया