बिमलाको नेतृत्वमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको कार्यसमिति निर्विरोध

विदुर खबर २०७६ असार १५ गते १:२२

नुवाकोट असार १५, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति नुवाकोटको पाचौ अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।

Advertisement

प्रतिष्ठानको अध्यक्षमा बिमला बस्नेत सर्बसम्मत रुपमा चयन हुनुभएको छ । समितिको प्रथम उपाध्यक्षमा सन्तोषी केसी, दिद्धिय उपाध्यक्षमा गोबिन्द ओझा, महिला उपाध्यक्षमा धनकुमारी रिजाल चयन हुनुभएको छ । यस्तै, प्रतिष्ठानको सचिबमा राजेन्द्र रिजाल राजु, सहसचिबमा बासु कोइराला, कोषाध्यक्षमा रमेश गिरी र सहकोषाध्यक्षमा तोयानाथ पौडेल रहनुभएको छ ।

यस्तै सदस्यहरुमा सुमन नेपाली, रुकमिणी रिजाल, बिरबहादुर तामाङ्ग, राजकुमार रिमाल, दुर्गा थापा, साबित्री लामिछाने र पुर्षोतम अधिकारी निर्बाचित हुनु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका बरिष्ठ उपाध्यक्ष रमेश बिजीले नेपाली लोक तथा दोहोरी गीतले नेपाली मौलिकता बोकेकोले लोकगीतको संरक्षण गर्नु अहिलेको आवश्यक्ता रहेको बताउनुभएको छ । कार्यक्रममा प्रतिष्ठान सुवास केसी, केन्द्रिय सदस्यहरु राजु ढकाल, पुर्षोतम कार्की, प्रदेश नम्बर ३ का सचिब भरत बराकोटी, नुवाकोटका पुर्व अध्यक्ष  दामोदर खतिवडा,महासचिब सुवास केसि लगायतले शुभकामना मन्तव्य राखेका थिए । नेपाल भरीका लोक तथा दोहोरी गीतका कलाकारहरुको छाता संगठन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटमा २०६३ सालमा स्थापना भएको थियो ।

Advertisement

प्रतिक्रिया