अनेरास्वीयु नुवाकोटका पुर्व अध्यक्ष पुडासैनीलाई सहयोग गर्न अपिल

विदुर खबर २०७६ असार १४ गते ४:१०

नुवाकोट असार १४, बेलकोटगढी नगरपालिका वडा नम्बर ८ स्थायी घर भई  दुबै मृगौला खराब भई आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण गर्न नसकेका अनेरास्वीयु नुवाकोटका पुर्व अध्यक्ष केदार पुडासैनीको  लागि आर्थिक सहयोगको लागि अपिल गरिएको छ ।

Advertisement

शुक्रवार नेकपा निकटका दुई विद्यार्थी संगठनहरु अनेरास्वीयु नुवाकोट र अखिल क्रान्तिकारी नुवाकोटले संयुत्त अपिल जारी गरि पुडासैनीलाई सहयोग गर्न सबैसँग आग्रह गरेका हुन । अनेरास्वीयु नुवाकोटका अध्यक्ष विष्णु दाहालले पुडासैनीलाई उनको श्रीमतिले मिर्गाैला दिन तयार रहेको भएपनि आथिएक अभावको कारण प्रत्यारोपण हुन नसकेको बताए । त्यस्तै पुडासैनीको मृगौला प्रत्यारोपणको लागि सहयोग गर्न आफुहरुपनि लागिपर्ने अखिल क्रान्तिकारी नुवाकोटका अध्यक्ष प्रभास सुवेदिले जानकारी दिए ।

प्रतिक्रिया