माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक

विदुर खबर २०७६ असार १२ गते ११:००

नुवाकोट असार १२, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ ।

Advertisement

बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो ।मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए। एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो। यसपटक प्रदेश अनुसार अनिवार्य विषयहरुको प्रश्नपत्र फरक/फरक बनाएर परीक्षा लिइएको थियो। नतिजा प्रदेशअनुसार छुट्टाछुट्टै र एकैपटक सार्वजनिक गरिएको छ। गतवर्ष असार ९ गते रिजल्ट भएको थियो।यसवर्षको परीक्षामा प्रदेश २ मा प्रश्नपत्र परीक्षा अगावै बाहिरिएर परीक्षा स्थगित हुँदा केही दिन ढिला हुन पुगेको हो।

परीक्षा बोर्डद्वारा सार्वजनिक नतिजामा १७ हजार ५ सय ८० जनाले ३.६ देखि ४ जीपीए प्राप्त गरेका छन् ।
यस्तै, ३.२० देखि ३.६ जीपीए पाउने विद्यार्थीको संख्या ५१ हजार १ सय ३७, २‍‍.८० देखि ३.२० जीपीए पाउनेको संख्या ६३ हजार ७ सय ४१ , २.४० देखि २.८० जीपीए पाउनेको संख्या ७६ हजार ५ सय ६४, २ देखि २.४० जीपीए पाउने विद्यार्थीको संख्या ९८ हजार २ सय ७ रहेको छ ।
९५ हजार ३०७ जनाले १.६० देखि २ जीपीए पाएका छन् भने ४ हजार ४ सय २९ जनाले ०.८० देखि १.२० जीपीए पाएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

प्रतिक्रिया