सरकारमा रहेका मन्त्री हेरफेर हुने
विदुर खबर
२०७६ असार १२ गते २:०१
नुवाकोट असार १२,सरकारमा रहेका मन्त्री हेरफेर हुने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो ।
सहमतिपछि मन्त्रिमण्डलमा हेरफेरका लागि दुवै अध्यक्ष गृहकार्यमा जुटेका छन् । नेताले बिहीबार पूर्वएमाले र पूर्वमाओवादीका आकांक्षी सांसदसँग छलफल गर्न लागेका छन् ।
प्रधानमन्त्री ओलीले सांसद महेश बस्नेत, पार्वत गुरुङ र योगेश भट्टराईलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । यस्तै अर्का अध्यक्ष दाहालले मन्त्री बन्न आकांक्षी सांसदहरु जनार्दन शर्मा, प्रभु साह र देवेन्द्र पौडेललाई आफ्नो निवास खुमलटार बोलाएका छन् ।
अन्नपूर्ण पोस्ट दैनिकबाट
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया