ककनीमा ६० हजार गाजाको बोट नष्ट गरियो
विदुर खबर
२०७६ असार १२ गते ०:५९

नुवाकोट असार १२, प्रहरीले ककनी गाउँपालिका ठुलो मात्रामा गाँजा खेती नष्ट गरेको छ ।
ककनिबाट खटीएको नेपाल प्रहरी प्रहरीको टोलि र शसस्त्र प्रहरीको टोलीले गाउँपालिकाको वडा नम्बर १,२,३,४,५,र ६को विभिन्न गाउँहरमा करिव ६० हजार गाँजा तथा भाङको बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
यसअघि गतवर्ष पनि प्रहरीले जिल्लाको विभिन्न स्थानमा ठुलो परिणममा गाँजा खेती नष्ट गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया