मिल्यो ‘गलबन्दी’ विवाद, गीतको क्रेडिट शम्भु राईलाई

विदुर खबर २०७६ असार ११ गते १३:३३

 

Advertisement

नुवाकोट असार ११,चर्चित लोकदोहरी गीत ‘गलबन्दी’ को विवाद टुंगिएको छ।

सर्जक शम्भु राई र गायक प्रकाश सपूतबीच बुधबार ४ बुँदे सम्झौता भएको हो । सम्झौता अनुसार  अब ‘गलबन्दी’ गीतमा संगित सिर्जनामा शम्भु राईको नाम रहने छ ।

Advertisement

गीतको कमाईमा भने राईले कुनै आर्थिक दाबी नगर्ने भएका छन् । उनले सपुतविरुद्दको उजुरी पनि फिर्ता गर्ने भएका छन् । सर्जक शम्भु राईले प्रकाश सपूतको यो गीत आफ्नो पुरानो देउसी भैलो गीत ‘आउ नाचौ’ सँग मिल्न गएको भन्दै प्रतिलिपी अधिकार दाबी गरेपछि विवाद चुलिएको थियो ।

प्रतिक्रिया