रसुवाको भोर्लेमा बर्डफ्लु भेटियो, स्थानीय त्रासमा

विदुर खबर २०७६ असार ११ गते ८:३३

रसुवा असार ११, रसुवाको नौकुन्ड गाउँपालिका वडा नम्बर ५ भोर्लेमा बर्डफ्लु भेटिएको छ ।

Advertisement

विगत दुई महिना यता फैलिएको अज्ञात रोगले गाउँमा पालिएको कुखुरा धमाधम मर्न थालेपछि नौकुन्ड गाउँपालिकाका पशुशेवा शाखा र भोर्ले पशुशेवा कार्यालयले नमुना परिक्षणका लागि पशु स्वास्थ्य निर्देशनालय त्रिपुरेश्वर लगि जाँच गर्दा बर्डफ्लु भेटिएको पुष्टि भएको प्राविधिक रामशरण न्यौपाने बताए ।

स्थानिय राजकुमार थिङ र बुद्वि बहादुर थिङले पालेको कुखुरा फर्मबाट नमुना जाँच गरिएको कुखुरामा एच ५ एन १ भेटिएको कार्यालयले जानकारी दिएको छ । ।बर्डफ्लु नियन्त्रण आदेश २०६४ को दफा छ को १२२ अनुसार पन्छि र पन्छिजन्य बस्तु नष्ट गर्ने बताईएको छ । जिल्ला प्रशासन कार्यालय रसुवामामा सोमवार साँझ बैठक वसि सङ्कट ग्रस्त क्षेत्र धोषणा गरि चार किल्ला भित्रका कुखुराको खोर तथा नष्ट गरिएको स्थानहरूमा रोग फैलिन नदिन निसङ्क्रमणको व्यवस्था गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया