यस्तो रह्यो विप्लव माओवादीको नेपाल बन्द नुवाकोटमा

नुवाकोट असार १०, पार्टीका क्षेत्रीय ब्यूरो सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको सरकारले हत्या गरेको आरोप लगाउँदै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार आह्वान गरेको नेपाल बन्दको कारण नुवाकोटको जनजीवन प्रभावित बनेको छ ।
बन्दको कारण शैक्षिक संस्था, व्यापार, व्यवसाय ठप्प भएका थिए भने लामो तथा छोटो दुरीका सवारीसाधन ठप्प भएको थियो । यातायातका साधन ठप्प हुँदा सर्वसाधारणले सास्ती खेप्न बाध्य भएका थिए । बन्दको समयमा जिल्लामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । यसअघि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आपराधिक गतिविधि गरेको भन्दै सरकारले उसका नेता तथा कार्याकर्तालाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो भने पार्टीलाई समेत प्रतिबन्ध लगाएको थियो ।
यसैबिच मंगलबारको बन्दलाई लक्षित गर्दै विप्लव माओवादीले विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको घर कोलनीमा मंगलबार विहान प्रेसर कुकर वम राखेको थियो । घरमा वम राखेको सुचना पायने बित्तिकै नेपाली सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरीले उत्त स्थानलाई नियन्त्रणमा लिई कम डिस्फोज गराएका थिए । सशस्त्र प्रहरी नुवाकोटकमा डिएसपी निरञ्जन भण्डारीका अनुसार उक्त वम नगरप्रमुख पण्डितलाई लक्षित गर्दै राखिएको थियो । भण्डारीका अनुसार उत्त स्थानमा कुनैपनि आधिकारी पर्चा नभेटिएपनि उक्त बम विप्लव माओवादीले राखेको हुनसक्ने बताए ।
प्रतिक्रिया