देश नम्बर ३ सरकारले बजेटमा विभेद नगर्ने प्रदेश सरकारको भनाई

विदुर खबर २०७६ असार ८ गते १३:३३

नुवाकोट आसार ८, देश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेललले जनसङ्ख्या र भूगोलका आधारमा लक्षित समुदायलाई विनियोजित गरेको बजेटमाथि कुनै विभेद नगरेर प्रदेशमा कार्यान्वयन गरिने बताउनुभएको छ ।

Advertisement

प्रदेशसभा बैठकमा आज उहाँले आगामी आर्थिक वर्ष ०७६÷७७ का लागि प्रस्तुत गर्नुभएको राजश्व र व्ययको अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रस्तुत गरिएको बजेटमा पूँजीगतभन्दा चालू खर्चमा स्थानीय तहमा जाने अनुदान, कर्मचारीको तलब भत्ता, मन्त्रालयको मर्मत संहार र भवन निर्माण तथा दैवी प्रकोप उद्धार गर्ने क्रममा बजेटको आकार बढेको स्पष्ट पार्नुभयो । उहाँले चालू खर्चको कार्यान्वयनका क्रममा कुनै अनियमित कार्य नहुने र प्रत्यक्ष अधिकार प्राप्त पदाधिकारीलाई अनुगमनका लागि प्रदेशमा पठाइने र सो प्रतिवेदन प्राप्त भएपछि अनियमित गर्ने संस्था वा व्यक्तिलाई कारवाही गरिने जानकारी दिनुभयो ।

मन्त्री ढुङ्गेलले आदिवासी, जनजाति, दलित, समुदायका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने र ती समुदायका लागि उत्थान गर्ने कार्यक्रमलाई प्रभावकारी तुल्याउन निर्देशिका तयार गरी लागू गरिने दृढता व्यक्त गर्नुभयो । मौजुदा बजेटलाई आधुनिक प्रविधिबाट कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले प्रदेशसभाका सदस्यहरुले पनि आफ्नो जिम्मेवारी र उत्तरदायित्वभित्र रहनुपर्ने आग्रह गर्नुभयो । उहाँले पूर्वाधार विकास कोषको रु तीन करोड अनुदानप्रति जनतालाई केन्द्रविन्दुमा राखेर प्रत्येक निर्वाचन क्षेत्रको विकासलाई पारदर्शी र निष्पक्षका साथ बैंक परियोजनाबाट योजनाहरु कार्यान्वयनमा ल्याउन आह्वान गर्नुभयो । उहाँले आजै बसेको दोस्रो बैठकमा आर्थिक विनियोजित विधेयक ०७६÷७७ को दफावार छलफलका लागि प्रस्ताव पेश गर्नुभएको थियो ।

Advertisement

उक्त बैठकमा कृषि र स्वास्थ्य शिक्षा समितिका सभापति घनश्याम दाहालले प्रदेशमा जलचरको व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन समितिका तर्फबाट प्रस्तुत गर्नुभएको थियो । प्रदेशसभाका उपसभामुख राधिका तामाङका अनुसार अर्को बैठक यही असार ९ गते दिनको २ बजे बस्नेछ ।

प्रतिक्रिया