स्याफ्रुवेशी-रसुवागढी सडकखण्ड सुचारू
विदुर खबर
२०७६ असार ८ गते ३:११


फाईल फोटो ।
रसुवा असार ८, शनिबार विहानदेखि पहिरोका कारणले अवरुद्ध भएको स्याफ्रुवेशी-रसुवागढी सडकखण्ड सुचारु भएको छ ।
स्याफ्रुवेशी–रसुवागढी सडकखण्डको लिङलिङे भन्ने स्थानमा माथीबाट पहिरो आई शनिबार विहानैदेखि सडक पुरै अवरूद्व भएको थियो ।
अवरुद्ध सडक केही समय अघिबाट सुचारु भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार विहान८ बजेबाट सडक सुचारु भएको हो ।
सम्बन्धित
प्रतिक्रिया