रसुवागढी नाका ६ महिनापछि खुल्यो
विदुर खबर
२०८२ पुष १३ गते ११:५६
नुवाकोट । गत असारमा बाढीले पुल बगाएपछि बन्द भएको रसुवागढी नाका आजदेखि संचालनमा आएको छ ।

चीन सरकारले बेलीब्रिज निर्माण गरेसँगै रसुवागढी नाका संचालनमा आएको हो । रसुवा भन्सार कार्यालयका प्रमुख तुलसी भट्टराईले नाकामा आइतबारबाट मानिसहरुलाई आउजाउ गर्न दिइएको बताए। उनका अनुसार केरुङमा सामान हुने नेपाली व्यवसायी र कन्टेनर तथा ट्र चालकलाई आउजाउ गर्न दिइएको छ ।
चिनियाँ पक्षले नाकाबाट पुस १७ गतेदेखि सामान ल्याउन दिने जानकारी नेपाली पक्षलाई गराएकाे बताइएकाे छ । असार २३ गते ल्हेन्दे खोलामा आएको बाढीले नेपाल र चीनलाई जोड्ने पुल बाढीले बगाएपछि नाका पूर्णरुपमा बन्द भएको थियो।
बेलिब्रिज बनाउने काम एक साताअघि सम्पन्न भएको थियो। बाढीले बगाएको नेपालतर्फको सडक अहिलेसम्म एकतर्फी मात्रै खुलेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













रसुवागढी नाका ६ महिनापछि खुल्यो
देशभर २३ हजार ११२ मतदान केन्द्र तोकियो
प्रमुख दल निर्वाचनमा जान तयार
खड्गभञ्याङ महिला साना किसान कृषि सहकारीको छैटौं बार्षिक साधारणसभा सम्पन्न
नुवाकाेट क्षेत्र नं १ मा प्रचण्डको नाम सिफारिस





प्रतिक्रिया