लाङटाङ राष्ट्रिय निकुञ्जको दादागिरी, कृषि फर्ममा लगाइएको गोलभेडा खेती फडानी

विदुर खबर २०८२ पुष १८ गते २०:०९

रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर ५ लामाचेमा रहेको कृषि फर्ममा लगाइएको गोलभेडा खेती लाङटाङ राष्ट्रिय निकुञ्जले फडानी गरेको छ ।

Advertisement

स्थानिय चुडामणि पौडेलको राजन्य कृषि तथा पशुपन्छी फर्मको आफ्नै बारीमा लगाइएको गोलभेडा खेती निकुञ्जले फडानी गरेको पौडेलले बताएका छन् । पूर्वसूचना नदिई खेती फडानी गरिएकाले आफू अन्यायमा परेको उनले बताएका छन् ।

करिब ३ सय मिटर टनेल र फुल फुल्न लागेको करिब ६ हजार गोलभेडाका बोटमा क्षति पुगेको पौडेलले बताए । सार्वजनिक जग्गामा परेको भए आफूले खाली गरिदिने भए पनि एक पटक मौका समेत नपाएको पौडेलको भनाइ छ । पौडेलले करिब तीन वर्षदेखि सो स्थानमा गोलभेडा खेती गर्दै आएको जानकारी दिए ।

Advertisement

तर लाङटाङ राष्ट्रिय निकुञ्जले भने उक्त फर्म अन्तर्गतको केही जग्गा सार्वजनिक रहेको भन्दै कानुनी प्रक्रिया अनुसार कारबाही गरिएको जनाएको छ ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहले ३५ दिनको सूचना दिएर जग्गा खाली गराइएको बताए ।

Advertisement

तर सरोकारवालाहरुले सार्बजनिक सम्पती मिचेको भन्ने कुराको विषय छलफलबाट वा कानुनी प्रक्रियाबाट टुङ्गोमा पुराउनुको साटो निकुञ्जले दादागिरी देखाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिक्रिया