नुवाकोट–२ मा एमालेबाट केशव पाण्डे एकल सिफारिस
नुवाकोट । प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ नुवाकोट–२ मा नेकपा एमालेले केशबराज पाण्डेलाई उम्मेदवार सिफारिस गरेको छ ।

नेकपा एमाले नुवाकोट क्षेत्र नम्बर २ निर्बाचन समन्वय कमिटीको बैठकले सर्बसम्मत रुपमा पाण्डेको एकल नाम सिफारीस गर्ने निर्णय गरेको हो ।
एमालेका केन्द्रिय सदस्य तथा बाग्मति प्रदेशका पुर्व मन्त्रि पाण्डे पहिलो पटक प्रतिनिधिसभाको चुनावको लागि उम्मेद्धवार बन्ने तरखरमा छन् ।
नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले नुवाकोट–२ मा केशबराज पाण्डेलाई उम्मेदवार बनाउन सबैको समर्थन भएपछि सर्वसम्मत निर्णय भएको बताए ।
नुवाकोट क्षेत्र नम्बर २ मा २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्धवार अर्जुननरसिंह केसी विजयी हुँदा रााष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्धवार सुमन पाण्डे दोस्रो भएका थिए ।
२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेस र तत्कालिन नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । जस अनुसार नुवाकोट क्षेत्र नम्बर १ माओवादी केन्द्रको भागमा परेको थियो भने क्षेत्र नम्बर २ कांग्रेसको भागमा परेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोट–२ मा एमालेबाट केशव पाण्डे एकल सिफारिस
शुभ–प्रभात सहकारीको १८ औ वार्षिक साधारणसभा सम्पन्न
एमाले नुवाकोटका अध्यक्ष मैनाली नुवाकोट क्षेत्र नं १ बाट एकल सिफारिस
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का
आजदेखि एकमहिने स्वस्थानी व्रत सुरु





प्रतिक्रिया