नुवाकोट–२ मा एमालेबाट केशव पाण्डे एकल सिफारिस
नुवाकोट । प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ नुवाकोट–२ मा नेकपा एमालेले केशबराज पाण्डेलाई उम्मेदवार सिफारिस गरेको छ ।

नेकपा एमाले नुवाकोट क्षेत्र नम्बर २ निर्बाचन समन्वय कमिटीको बैठकले सर्बसम्मत रुपमा पाण्डेको एकल नाम सिफारीस गर्ने निर्णय गरेको हो ।
एमालेका केन्द्रिय सदस्य तथा बाग्मति प्रदेशका पुर्व मन्त्रि पाण्डे पहिलो पटक प्रतिनिधिसभाको चुनावको लागि उम्मेद्धवार बन्ने तरखरमा छन् ।
नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले नुवाकोट–२ मा केशबराज पाण्डेलाई उम्मेदवार बनाउन सबैको समर्थन भएपछि सर्वसम्मत निर्णय भएको बताए ।
नुवाकोट क्षेत्र नम्बर २ मा २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्धवार अर्जुननरसिंह केसी विजयी हुँदा रााष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्धवार सुमन पाण्डे दोस्रो भएका थिए ।
२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेस र तत्कालिन नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । जस अनुसार नुवाकोट क्षेत्र नम्बर १ माओवादी केन्द्रको भागमा परेको थियो भने क्षेत्र नम्बर २ कांग्रेसको भागमा परेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया