तुप्चेको आर्दश जनकल्याण युवा क्लबद्धारा एम्बुलेनस संचालन

विदुर खबर २०७६ असार ८ गते १:०१

नुवाकोट असार ८, विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेमा रहेको श्री जनकल्याण युवा क्लबद्धारा संचालित एम्बुलेन्स एक कार्यक्रमको आयोजना गरि शानिवार उद्घाटन गरिएको छ ।

Advertisement

प्रदेशसभाका सांसद हिरानाथ खतिवडा, क्लबका अध्यक्ष भिमसेन बोगटी, समाजसेवी तथा पुर्व संविधानसभा सदस्य राममाया बोगटी लगायतले एम्बुलेन्स चालक अर्जुन पराजुलीलाई साँचो हस्तान्तरण गर्दै एम्बुलेन्सको औपचारिक उद्घाटन गरेको हुन । कार्यक्रममा प्रदेशसभाका सदस्य हिरानाथ खतिवडाले गाउँको आवश्यकता पहिचान गरेर एम्बुलेन्स खरिद गर्नु निकै राम्रो काम भएको बताए । उनले पारदर्शी र जवाफदेही भएर काम गरेमा सबैले सहयोग गर्ने बताए । त्यस्तै कार्यक्रममा संविधानसभा सदस्य तथा उत्तरगया क्षेत्र वृहत संगठनकी अध्यक्ष राममाया बोगटीले गाउँमा एम्बुलेन्स संचालन गर्नु मात्र ठुलो कुरा नभएको भन्दै त्यसलाई निरन्तर र दिगो रुपमा संचालन गर्नु मुख्य चुनौती रहेको बताइन । उनले गाउँको विकासको लागि आफुजस्तो सुकै सहकार्य गर्न तयार भएको बताइन ।

त्यस्तै सो कार्यक्रममा नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष सुमन अधिकारीले युवाहरुको सक्रियताले गाउँमै एम्बुलेन्स आएको भन्खै खुशी व्यत्त गरे । स्वीजरल्याण्डकी नागरिक रोमीको ८ लाख तथा गाउँका ६० भन्दा बढी स्थानियबासी आर्थिक सहयोगमा एम्बुलेन्स खरिद गरिएकोे क्लबका अध्यक्ष भिमसेन बोगटीले जानकारी दिए । अध्यक्ष बोगटीले विभिन्न आरोह अवरोह पार गरेर क्लबले एम्बुलेन्स खरिद गरेको भन्दै सबै सहयोग गर्ने सबैप्रति आभार व्यत्त गरे । त्यस्तै कार्यक्रममा समाजसेवी टिकाराम अधिकारीले गाउँमा कोही विरामी पर्दा हुँदा डोको र स्टेचरमा विरामी अस्पताल लग्नुपर्ने युगको अव समाप्त भएकोमा खुशी व्यक्त गरे । उनले गाउँमा कोही विरामी भएको समयमा एम्बुलेन्स नआउँखा विरामी बाटोमै मर्ने गरेको भन्दै उपचारको अभावमा विरामी मर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए ।

Advertisement

कार्यक्रममा चण्डेश्वरी माध्यामिक विद्यालयका प्रध्यानाअध्यापक हरिप्रसाद रिजाल,न्यु तुप्चे युवा क्लबका अध्यक्ष दिनेश वोगटी, चण्डेश्वरी क्याम्पसका प्रध्यानाअध्यापक हिमालय पौडेल, समाजसेवी शम्धु अधिकारी,मुकुन्द रिजाल, नेकपाका प्रतिनिधि सन्तोष रिजाल, नेपाली कांग्रेसका प्रतिनिधि वसन्तजंग ठकुरी लगायतले गाउँमा कोही विरामी भएमा एम्बुलेन्स पाउनै नसकिएको समयमा गाउँमै एम्बुलेन्स संचालन आएकोमा खुशी व्यक्त गरे ।

प्रतिक्रिया