ट्याक्सी तोडफोड गरि चालकलाई कुटपिट गर्ने नुवाकोटका कुँवर पक्राउ
नुवाकोट असार ७, ट्याक्सी तोडफोड गरि चालकलाई कुटपिट गर्ने नुवाकोट सूर्यगढी गाउँपालिका-५ घर भएका २५ वर्षीय श्याम कुँवर पक्राउ परेका छन ।
उनले मादक पदार्थ सेवन गरि ट्याक्सी बा.२ ज २९९ नम्बरको ट्याक्सी तोडफोड तथा चालक चन्द्रागिरी नगरपालिका-१४ तिनथाना बस्ने सिन्धुलीका २८ वर्षीय कृष्ण बहादुर किङरिङलाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
कुटपिटबाट घाइते भएका किङरिङलाई उपचारको लागि मनमोहन मेमोरियल शिक्षण अस्पताल स्वयम्भू लगिएको छ, भने कुटपिटमा संलग्न स्वयम्भू कारखाना चोक बस्ने २१ वर्षीय आशिष चौधरी समेत घाइते भएकोले उपचारको लागि ट्रमा सेन्टर लगिएको छ । तोडफोडबाट दुबै टयाक्सीको ढोका र शिशा फुटेर क्षति भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा
रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ





प्रतिक्रिया