मुग्लिनमा बस जुध्दा २० जना घाइते

विदुर खबर २०७६ असार ७ गते १:५६
फाइल तस्बिर

                                                                                    फाइल तस्बिर

नुवाकोट असार ७, नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा आज दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन्।

Advertisement

जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट बर्दियाको गुलरियातर्फ आउँदै गरेको ना७ख ९०७ नं को बस र महोत्तरीबाट काठमाडौंतर्फ जाँदै गरेको ना५ख ३०९९ नं को बस आपसमा ठोक्किएका हुन्।

घाइतेमध्ये चार जनाको भरतपुर अस्पतालमा तथा अन्यको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

Advertisement

प्रतिक्रिया