नुवाकोटको अग्नी संजाल समितिलाई त्रियाशिल बनाउने निर्णय
नुवाकोट असार ५, जिल्ला वन था डढेलो संजाल समितिलाई क्रियाशिल बनाउने निर्णय गरिएको छ ।
जिल्ला वन कार्यालयमा बुधबार बसेको वन डढेलो नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले समितिलाई सक्रिय बनाउने निर्णय गरेको जिल्ला वन कार्यालयका सुचना अधिकारी लोकनाथ न्यौपानेले जानकारी दिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तामान तामाङले वन सबैको साझा सम्पत्ति भएकोले सबैले वन जोगाउनुपर्ने बताए । तामाङले जिल्लामा वन क्षेत्र कसरी बढाउन सकिन्छ त्यसको उपाय उल्लेख गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले वन क्षेत्रमा चुरोट, गाँजा लगायत खाने प्रवृति बढेको भन्दै अग्नी व्यवस्थापन समिति सधै चनाखो भएर बस्नुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा जिल्ला वन कार्यालयका प्रमुख जयमंगल प्रसादले नुवाकोटको चारखरे,तुप्चे,कल्याणपुर, सामरी, देउराली,फिकुरी,मनकामना,र्गोस्याङ,तारुका, रातमाटे,जिलिङ ,वेलकोटगढी , मदानपुर, लगायतको वन डढेलो लाग्ने जिल्लाको अति संवेदनशील क्षेत्रको रुपमा रहेको बताए । त्यस्तै थानापति,चौखडा, कविलाश, भद्रुटार, गणेशस्थान, हल्देकालिका, सुन्दरादेवि,रालुका,समुन्द्रटार, चाउथे, सुर्यमति, खानीगाउँ, चौखडा र रालुका डढेलोको उच्च जोखिममा रहेका उनको भनाई छ । कार्यक्रममा वन उपभोत्ता समितिका अध्यक्षहरुले वर्तमान अवस्थामा सामुदायिक वनमा खुल्ला रुपमा काम गर्न नपाएको गुनासो गरेका थिए । उनीहरुले सडक निर्माण गर्दा वन तिव्र गतिमा फडानी भएको भन्दै दुख व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रहरी उपरिक्षक कृष्णपल्लीमगर, सशस्त्र प्रहरीका प्रमुख निरञ्जन भण्डारी, अनुसन्धान प्रमुख धिरज बाँनिया लगायतको उपस्थिति रहेको थियो । नुवाकोटमा कुल क्षेत्रफलको ४३.६१ प्रतिशत क्षेत्र वनजंगलले ढाकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









नुवाकाेटमा अन्तर विद्यालय कविता प्रतियोगिता सम्पन्न
विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन





प्रतिक्रिया