पानी भर्ने निहुँमा भारतमा हिंसात्मक झडप

विदुर खबर २०७६ असार ४ गते २:३३

नुवाकोट असार ४, भारतभर गर्मीले तापक्रम वृद्धि भएसँगै यसको असरले आम मानिसलाई छोएको छ।

Advertisement

गर्मीको समयमा अत्यधिक आवश्यक वस्तु पानी भएपनि यसको संकट झन् गहिरो हुँदै गएको छ। लमिलनाडुको राजधानी चेन्नई यही समस्या भोग्दै आएको शहरमध्ये एक हो। एक प्रतिवेदन अनुसार विगत केही हप्तामा यो समस्या झन् गम्भीर भएको छ। पानी अभावको सामना गरिरहेका आम मानिसहरु पानी भर्नका लागि हिंसात्मक आक्रमणमा समेत उत्रन थालेका छन्। यो संकटबाट शहरका होटल, सपिङ्ग मल र अन्य व्यवसायिक स्थान समेत प्रभावित भएका छन्।  चेन्नईको एक उपनगर तमिलनाडुका विधानसभाका  प्रवक्ता(स्पीकर) पी धनपालका सवारी चलाक रामकृष्णन पक्राउ परेका छन् पानीकै विषयमा। उनी पक्राउ पर्नुको कारण पानीका निहुँमा हिंस्रक आक्रमण गरेको उजुरी रहेको थियो।

उनका छिमेकी सुहासिनीमाथि उनले पानी भर्नका लागि हिंसात्मक आक्रमण गरेको उजुरी प्रहरी कार्यालयमा दर्ता भएको थियो। रामकृष्णनले सुहासिनीका पतिलाई पानी भर्न मोटर चलाउन रोकेका थिए। त्यसपछि सुहासिनीले आफ्ना पतिका पक्षमा बोलेकी थिइन्। विवाद बढ्दै गयो। रामकृष्णनले हतियारले सुहासिनीमाथि आक्रमण गरे। सुहासिनी हाल चेन्नाईको एक अस्पतालमा उपचाररत छन् भने आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Advertisement

यो घटना जल संकटको एक उदाहारण मात्र हो। मनसुनको पर्खाईमा रहेका चेन्नईबासीले यसपटक भिषण पानी अभाव झेलिरहेका छन्।

Advertisement

पानी संकटको प्रभाव कार्यालयमा पनि परेको छ। पानी अभाव भएकैले कयौं आइटी कम्पनीले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्ने छुट दिएको छ। होटल–रेष्टुरेन्टले कामको अवधि घटाएका छन्। स्थानीयहरु पानीका ट्यांकर बुक गर्न मरिहत्ते गरिरहेको देख्न सकिन्छ। यसैबीच  राज्य सरकारले पानी बचाउ गर्ने र किफायती गर्न अवैधानिक रुपमा चोरी गरिएका पानीको लाइन काट्न थालेको छ।

निजी ट्यांकरमा निर्भर
मे महिनाको अन्तिम सातामा सार्वजनिक भएको एक समाचारका अनुसार साँघुरा गल्ली र सडकमा पानी बोकेका ट्यांकर आउँदा भाँडा लिएर मानिसहरु घम्साघम्सी गरेर दौडिरहेका देखिन्छन्।

पानी भर्न खाली भाडा लिएकी गृहणी र घरका इनार सुख्खा देखिनु अहिले चेन्नईको विशेषता भईसकेको छ।

रिर्पोटका अनुसार आवासीय एसोसियनका सदस्य रविन्द्रनाथले पानीका लागि नीजि ट्यांकरमा भर पर्नु अहिलेको बाध्यता भएका बताए। सरकारी ट्यांकर दुईदेखि तीन हप्तामा एक पटक मात्र आउँछ। यही मौकामा नीजि व्यवसायीले पानीको मूल्य समेत वृद्धि गरेका छन्। उनीहरुले अहिले प्रति ट्याकर ३ हजारदेखि ५ हजारसम्म लिईरहेका छन्।

२०१७ मा पनि पनि पानीको यस्तै संकट यो शहरले भोगेको थियो। २०१७ को मनसुनमा कम पानी परेको र २०१८ को मनसुन प्रशस्त नहुदाँ पानीको अभाव भएको बताइएको छ। इन्डिया टुडेको एक प्रतिवेदन अनुसार चेन्नईको पोरुर झील शहरमा पानीको मुख्य स्रोत हो। जुन अहिले निम्न स्तरमा रहेको छ।

पानी संकट देखेर मद्रास हाइकोर्टले केही समय पहिले राज्य सरकारलाई यस बारेमा तयारी प्रतिवेदन माग गरेको थियो। अदालतले पानी संकटका बारे के काम सरकारले गरिरहेको छ भनेर मे १७ सम्ममा अदालतमा पेश गर्न भनेको थियो।

अस्पताल समेत प्रभावित 
पानी अभावले शहरका अस्पताल समेत प्रभावित भएका छन्। ‘कयौ निजी अस्पतालसँग आफ्नै आरओ प्लान्ट रहेको छ, हामीले पानीको प्रयोग कम गरिसकेका छौ,’ एक डाक्टरले भने,‘जस्तो अप्रेसन थिएटरमा समेत एउटा मात्र धारा प्रयोग गरिरहेका छौ। ’

पार्वती अस्पतालका सीईओ सुजित सम्बामुर्तिले एक प्रेस विज्ञप्ति नै निकालेर बिरामीका लागि पानीको कुनै पनि अभाव नहुने बताउनु परेको छ। अप्रेसन थिएटरमा सर्जरीका लागि प्रयाप्त पानी हुने विज्ञप्तिमा भनिएको छ। आउटलुकको एक रिर्पोटअनुसार अस्पतालमा पानी बचाउनका लागि अत्यावश्यक सर्जरी बाहेक अन्यलाई पछिका लागि सार्दै आएका छन्। एक ग्यास्ट्रो सर्जनका लागि ३ बेड भएको एक अप्रेसन थिएटरका लागि मात्र दैनिक ६ हजार लिटर पानीको आवश्यकता पर्दछ। डाक्टरहरुले अत्यन्त जरुरी अप्रेसन मात्र अहिले गर्ने र बाँकी विस्तारै गर्ने सल्लाह दिएर बिरामीलाई पठाउने गरेको ती डाक्टरले बताएका छन्।

एजेन्सी

प्रतिक्रिया