नुवाकोटका व्यवसायी र सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रमको आयोजना

विदुर खबर २०७६ असार २ गते १:४४

नुवाकोट असार २,व्यवसायी र सरोकारवालाबीच समन्वयको लागि आईतबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटको आयोजना तथा नुवाकोट उद्योग वाणिज्य संघको समन्वयमा अन्तरक्रिया कार्यक्रमको सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तामान तामाङले अनुदानको आशा लिएर उद्योग स्थापना गर्ने नभई क्षमताको आधारमा उद्योगीहरुको पहिचान गरेर उद्योग खोल्नुपर्ने बताए । उनले विभिन्न लद्युवित्त कार्याक्रम अन्र्तगत कर्मकाण्डी तालिम आयोजना गरेर पैसा मात्र खर्चिने गरेको बताए । कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख अप्सरा थापाले स्थानिय तह र घरेलु कार्यालयले सहकार्य गरेर अघि बढेमा उद्योगीहरुले गाउँगाउँबाट सेवा पाउने बताइन ।

Advertisement

कार्यक्रममा नुवाकोट उद्योग वणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले सबैलाई छलफलमा राखेर नुवाकोटको उद्योग विकासमा हातेमालो गर्न कार्यक्रम आयोजना गरिएको बताए । कार्कीले नुवाकोटमा व्यापार व्यवसायको क्षेत्रमा धेरै विकासको संभावना रहेकोले सबै एकजुट भएर लागेमा नुवाकोटको विकास छिट्टै हुनेमा आशा व्यक्त गरे । त्यस्तै कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटका प्रमुख विजय भट्टराईले कार्यपत्र प्रस्तुत गर्दै वाणिज्य प्रशासन, प्राइभेट फर्म दर्ता मापदण्ड, उद्योगको नवीकरण प्रक्रिया, खारेजी, नामसारी, नवीकरण दस्तुर लगायतको विषमा जानकारी दिएका थिए । कार्यालय प्रमुख भट्टराईले व्यापारी र सरोकारवाला पक्षहरुलाइृ सहकार्य गराउन कार्यक्रम आयोजना गरिएको बताए । त्यस्तै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले स्थानिय तहसँग सबै कुराको उपलब्धता भएपनि त्यसको उचित सदुपयोग हुन नसकेको बताए । उनले विदुर नगरपालिका क्षेत्रभित्र उद्योग र व्यापार व्यवसायको क्षेत्रमा धेरै संभावना रहेपनि बैक तथा वित्तिय संस्थाले त्यसमा लगानी गर्ने अवस्था नरहेको बताए ।

सो कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका पुर्व अध्यक्षहरु निर्मल श्रेष्ठ, शरणउत्सुक सापकोटा, धननारायण चित्रकारले नुवाकोटमा प्रहरी र प्रशासनसँग मिलेमा मात्र उद्योग संचालन गर्न सकिने अवस्था रहेको बताए । उनीहरुले कुनैपनि सामान्य उद्योग खोल्न विजुली नपाइने गरेको भन्दै वालुवा क्रसर खोल्न भने सहज रुपमा विद्युत पाइने अवस्था रहेको बताए । कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघकी वरिष्ट उपाध्यक्ष गीता अमात्यले कार्यत्रपत्र प्रस्तुत गर्दे नुवाकोट उद्योग वाणिन्य संघमा १८ सय २४ जना सदस्य रहेको बताइन । उनले वाणिज्य संघको पहलमा विगतदेखिनै व्यवसायीहरुलाई कर शिक्षा कार्यक्रम संचालन गरिरहेको बताइन । कार्यक्रममा तादी गाउँपालिकाका अध्यक्ष नारायण पाण्डे, किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्र तामाङ, ककनी गाउँपालिकाका अध्यक्ष मानवहादुर लामा, तादी गाउँपालिकाकी उपाध्यक्ष ईश्वरी उफ्रेती, म्यागङ गाउाँपालिकाकी उपप्रमुख शान्ति लामा, ट्रेड युनियन नुवाकोटका अध्यक्ष शिव देवकोटा लगायतले जिवीकोपार्जनको लागि विभिन्न स्थानिय तहमा संचालन भएका स्वरोजगार कार्यक्रम प्रभावकारी र्भपनि समयअवधि कम भएको बताएका थिए । कार्यक्रमममा विभिन्न बैंक तथा वित्तिय संस्थाका प्रमुख ,सरकारी कार्यालयका प्रमुख र सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया