कर्मचारी आकर्षित गर्न एक महिनाको थप तलब दिने प्रदेश नं ३ घोषणा
नुवाकोट असार १, प्रदेश नं ३ ले आफ्नो प्रदेशमा कार्यरत कर्मचारीलाई थप १ महिनाको तलब दिने भएको छ । प्रदेश ३ का अर्थमन्त्री कैलाश ढुंगेलले आर्थिक वर्ष २०७६/०७७ को बजेट सार्वजानिक गर्दै यस्तो घोषणा गरे ।
यो प्रदेशले ‘प्रदेश निजामती सेवा पुरस्कार’को पनि व्यवस्था गरेको छ । कर्मचारी आकर्षित गर्न अतिरिक्त सुविधा र पुरस्कारको व्यवस्था गरिएको अर्थमन्त्री ढुंगेलले बताए ।अर्थमन्त्रीको उक्त घोषणासँगै आगामी साउन १ गतेदेखि यो प्रदेशमा कायरत सरकारी कर्मचारीहरुले थप एक महिनाको तलब पाउने भएका छन् ।
‘आजका मितिसम्म प्रदेश सरकारका मन्त्रालय, सचिवालय तथा केन्द्रीय निकायमा कार्यरत रही कम्तिमा तीन महिना प्रदेश सरकारमा सेवा अवधि व्यतित गरेका कर्मचारीलाई थप उत्प्रेरित तुल्याउन र अन्य कर्मचारीहरुलाई केन्द्रीय निकायमा आकर्षित गर्न उत्प्रेरणास्वरुप केन्द्रीय निकायमा कार्यरत कर्मचारीलाई एक महिनाको तलब बराबरको रकम प्रोत्साहनस्वरुप उपलब्ध गराउन बजेटको व्यवस्था मिलाएको छु ।’ बजेटको बुँदा नं १८४ मा उल्लेख छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया