नुवाकोट गोल्कप : उपाधिको लागि घरेलु टोली नुवाकोट ११ विरुद्ध संकटा भिड्दै
विदुर खबर
२०७६ जेठ ३१ गते ७:०४


फाईल फोटो
नुवाकोट जेठ ३१, नुवाकोटमा जारी दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत अपाधिको लागि केही वेरमा घरेलु टोली नुवाकोट ११ विरुद्ध संकटा क्लब भिड्दैछ ।
दिउँसो ३ बजेपछि नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा हुने खेलमा घरेलु टोली नुवाकोट ११ उच्च मनोवलका साथ मैदानमा उत्रनेछ । घरेलु टोली नुवाकोट ११ घरेलु दर्शकका सामु पहिलोपटक उपाधि उचाल्ने दाउमा हुनेछ भने संकटा पनि पहिलो प्रयासमै उपाधि हात पार्ने दाउमा हुनेछ । १० टिमको सहभागिता रहेको प्रतियोगितामा उपाधि जिन्ने टोलीले ६ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ हात पर्नेछ ।
जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट फुटवल संघले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिता जेठ २२ गतेदेखि संचालन भएको हो ।
सम्बन्धित
प्रतिक्रिया