किस्पाङमा एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

विदुर खबर २०७६ जेठ ३१ गते ६:०६

कृष्णप्रसाद भट्ट, किस्पाङ, जेठ ३१, जिल्ला स्वास्थ्य कार्यालय नुवाकोट र किस्पाङ गाउँपालिकाको समन्वयमासंचालित एक दिने स्वस्थ्य शिबिर सम्पन्न भएको छ ।

Advertisement

किस्पाङ गाउँपालिका वडा नम्बर २ गोगनेमा रहेको कालिका आधारभुत बिधालयमा एक स्वास्थ्य शिविर सप्पन्न भएको हो । शिविरमा विशेषगरी महिला, वृद्धवृद्धाहरुलाई ग्राहयता दिईको थियो । गाउँमै स्वास्थ्य शिविर संचालन भएको भन्दै स्थानियवासीले खुशी व्यत्त गरेका थिए ।

शिविरमा झन्डै ३ सय ५० भन्दाबढीले सेवा लिएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख राममणि घिमिरेले जानकारी दिनुभयो । स्वास्थ्य शिविरमा जिल्ला अस्पताल त्रिशुलीका डा.अमित श्रेष्ठ , डा. सुजन तामाङ लगायतले उपचार गर्नु भएको छ । शिविरमा जिल्ला जनस्वास्थ्य कार्यालयका जनार्दन सिलबाल, त्रिशुली अस्पतालका अध्यक्ष अर्जुन न्यौपाने,किस्पाङ गाउँपालिकाका स्वस्थ्य प्रमुख चक्र शाही, किस्पाङ वडा न २ का वडाअध्यक्ष देबनाथ भट्ट , सदस्यहरु बद्री देबकोटा ,तुलसीप्रसाद फुयाल ,स्नेगमाया तामाङ, गाउँ कार्यपलिका सदस्य सुनिता परियार लगायतको उपस्थिति रहेको थियोे ।

Advertisement

प्रतिक्रिया