होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश नम्बर ३ को प्रथम अधिवेशन साउनमा

विदुर खबर २०७६ जेठ २९ गते १५:१८

नुवाकोट जेठ २९, होटल तथा पर्यटन व्यवसायी संघ,प्रदेश नम्बर ३ को प्रथम अधिवेशन आगामी साउन ११ र १२ गते बनेपाको काभ्रेमा हुने भएको छ ।

Advertisement

काभ्रे होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ बनेपाको व्यवस्थापनमा प्रदेश नम्बर ३ को प्रथम अधिवेशन हुन लागेको हो । बुधवार होटल तथा पर्यटन व्यवसायी संघ,प्रदेश नम्बर ३ ले पत्रकार सम्मेलनको आयोजना गरेर अधिवेशनको जानकारी दिएको हो ।
पर्यटन प्रवद्र्धन र समग्र आर्थिक विकासका लागि गुणस्तरीय र मर्या्दित होटल व्यवसायको विकास आधारभूत सर्त भन्ने मान्यतालाई आत्मसाथ गदै होटल तथा पर्यटन व्यवसायी संघ गठन भएको हो ।

व्यवसायीहरुकोे नेतृत्व एवं व्यक्तित्व विकास गर्न, होटल तथा पर्यटन क्षेत्रमा लगानी भित्र्याउन, सम्पदाहरुको प्रचारप्रसार र संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गन, समग्र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउन प्रदेश नम्बर ३ का १३ वटै जिल्लाको आर्थिक विकास गर्न र यस क्षेत्रको व्यापार प्रवद्र्धन गरी समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न टेवा पु¥याउने लगायत उद्देश्यले यस क्षेत्रका व्यवसायीहरुको यो सम्मेलन गर्न लागिएको होटल तथा पर्यटन व्यवसायी संघ, प्रदेश नम्बर ३ का संयोजक सन्तोष उप्रेतीले जानकारी दिए । सम्मेलनमा कूल ४ सय ५० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ । सम्मेलनमा प्रमुख अतिथिको रुपमा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल, विशिष्ट अतिथिमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलाई बोलाउने निर्णय भएको उफे्रतीले बताए ।

Advertisement

पत्रकार सम्मेलनमा वैदेशिक रोजगारीमा पलायन भएको युवा वर्गलाई होटल तथा पर्यटन क्षेत्रमा स्वरोजगार र नेतृत्वदायी भूमिकामा ल्याउनुपर्ने भन्दैस्वदेशमै व्यवसाय गर्ने वातावरण र सम्भावना वनाउन सरकारसँग माग समेत गरिएको छ । २०७४ फागुन १४ र १५ गते होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ नुवाकोटको व्यवस्थापनमा सम्पन्न भएको प्रदेश नम्बर ३ मा रहेका होटल व्यवसायीहरुको भेलाले संघको तदर्थ समिति गठन गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा विधिवत रुपमा दर्ता भई आधिकारिकता प्राप्त गरिसकेको छ । प्रदेश नम्बर ३ अन्तर्गत रहेका सबै जिल्लाहरुमा संस्थाले आफ्नो आधिकारिक शाखा गठन गर्दै व्यावसायिक यात्रालाई ऐक्यबद्धता जनाउँदै अगाडि बताइएको छ ।

व्यावसायिक एकता हाम्रो प्रतिबद्धता, पर्यटन प्रवद्र्धनमा निरन्तर सक्रियता भन्ने मूल नाराका साथ यस संस्थाले विभिन्न पर्यटकीय क्षेत्रहरुको सम्भाव्यता अध्ययन तथा अवलोकन गर्दै व्यवसाय सुधार तथा गुणस्तर अभिवृद्धिका लागि गोष्ठी, अन्तक्र्रिया, बहस र विभिन्न रचनात्मक सामाजिक सेवामूलक कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ । व्यवसायीहरु आफैंले पर्यटकीय स्थान अनुरुपका होटलहरु सञ्चालन गर्दै आन्तरिक एवं बाह्य पर्यटकहरुलाई आमन्त्रण पनि गर्दै आएका छन् ।

Advertisement

प्रतिक्रिया