२१६ मेगावाटको त्रिशुली एकमा एशियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंकको १० अर्ब लगानी

विदुर खबर २०७६ जेठ २९ गते ६:१८

नुवाकोट जेड २९, रसुवामा निर्माण हुन लागेको २१६ मेगावाटको त्रिशुली जलविद्युत आयोजनाको लागि एसियन इन्फाइस्ट्रक्चर इनभेष्टमेन्ट बैंकले करिब १० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।

Advertisement

त्रिशुली एक कोरियाली कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलोपमेन्ट कम्पनी प्रालिले प्रवर्द्धन गरिरहेको छ। बुट (निर्माण, परिचालन र हस्तान्तरण) मोडेलमा निर्माण हुने त्रिशुली एकमा आइसिएफसी र एसियन डेभलोपमेन्ट बैंकको समेत ऋण लगानी रहेको छ । अमेरिकी डलर ९० मिलियन अर्थात नौ अर्ब ९९ करोड नेपाली रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भएको बेलायती पत्रिका आपिईमा उल्लेख छ ।

एसियन इन्फास्ट्रक्चर इन्भेष्टमेन्ट बैंकले विद्युत वितरण प्रणाली सुदृढीकरण र तामाकोशी ५ जलविद्युत आयोजनामा समेत ऋण लगानी गर्ने छ। वितरण प्रणाली सुदृढीकरणको लागि ११ करोड रुपैयाँ र तामाकोशी ५ को लागि १० करोड रुपैयाँ लगानी गर्ने उल्लेख छ । बैंकले ७२ अर्ब रुपैयाँ लागत अनुमान गरिएका दुई जलविद्यु आयोजना र वितरण प्रणाली सुदृढीकरण आयोजनामा १० अर्ब रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भएको हो। चिनयाँ बैंकले नेतृत्वमा रहेको इन्फास्ट्रक्चर बैंकको यो नेपालमा पहिलो लगानी हो ।

Advertisement

प्रतिक्रिया