यी हुन् महिलामा हुनैपर्ने ३२ लक्षण, तपाईँमा छ त ?

विदुर खबर २०७४ फागुन २० गते १३:२४

हिन्दु धार्मिक परम्पराअनुसार विवाहका बेला बर बधुको चिना मिलाउँदा युवती (महिला)को लक्षणलाई विशेष ध्यान दिइन्छ । खासगरी ३२ गुण भएकी युवती (महिलालाई सर्वश्रेष्ठ मानिन्छ । धर्मशास्त्रअनुसार पनि ‘३२ गुणले सम्पन्न’ नारीबारे उल्लेख गरिएको हुन्छ ।

Advertisement

धेरैलाई थाहा नहुनु सक्छ, महिलनामा हुनु पर्ने ३२ वटा गुणहरु के के हुन् भनेर । यो आलेमा महिलामा हुनुपर्ने ३२ गुणबारे उल्लेख गरिएको छ ।

१) पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा हुनु ।
२) हातका औँला लामा–लामा हुनु ।
३) औलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु ।
४) छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु ।
५) शरीरमा विभिन्न सात सुगन्ध हुनु ।
६) हरिणका जस्ता फिला हुनु ।
७) गुप्ताङगहरु गुप्त रहनु ।
८) शरीरको माथिल्लो भाग सलक्क मिलेको हुनु ।
९) शरीरका सम्पुर्ण अङगहरु सुगठित हुनु ।
१०) काँध पुष्ट, चौडा र गोलो हुनु ।
११) पाखुरा राम्ररी फर्कने हुनु ।
१२) पाखुरा लामा हुनु ।
१३) सम्पुर्ण शरीर तेजोमय हुनु ।
१४) शंख समान घाँटी हुनु ।
१५) सोझो र सिंहको जस्तो चिउँडो हुनु ।
१६) ३२ वटा दाँत हुनु ।
१७) चम्किला र टमक्क जोडिएका दाँत हुनु ।
१८) समान मिलेका दाँत हुनु ।
१९) बंगारा स्वच्छ र सुन्दर हुनु ।
२०) जिब्रो लामो हुनु ।
२१) विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु ।
२२) पातलो (सुरिलो) स्वर हुनु ।
२३) बिभिन्न विषयमा ज्ञानको चासो राख्ने बानी हुनु ।
२४) कुरा (बाचा)मा अडिक रहनु ।
२५) आँखीभौँका बीच रौँकै कोमल र सूक्ष्म रेखा हुनु ।
२६) मिलेको कपाल हुनु ।
२७) अल्छी नहुनु ।
२८) अरुलाई चाडै प्रभावमा पार्न सक्ने क्षमता हुनु ।
२९) शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु ।
३०) चमक्क चम्किने केश हुनु ।
३१) स्वभाव लज्जालु हुनु ।
३२) दुढ आत्मविश्वास हुनु ।

Advertisement

प्रतिक्रिया