भ्रष्टाचारको दोस्रो मुद्दामा ४५ लाख धरौटी बुझाएर छुटे चूडामणि शर्मा

विदुर खबर २०७४ फागुन २० गते १३:१७
zdf{ ljz]if cbfntdf e|i6frf/sf] cleof]udf clVtof/ b'?kof]u cg';Gwfg cfof]uåf/f z'qmaf/ kqmfp k/]sf cfGtl/s /fh:j ljefusf lgnlDat dxflgb]{zs r"8fdl0f zdf{ cfOtaf/ Dofb yksf nflu ljz]if cbfntdf pkl:yt x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं २० फागुन– कर फर्स्यौट आयोगका तत्कालीन सदस्य सचिव तथा राजश्व अनुसन्धान विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा अकूत सम्पत्ति आर्जन गरेको मुद्दामा ४५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
शर्माले सरकारी पदमा रहँदा अकूत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ १५ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
शर्माले सार्वजनिक सेवामा प्रवेश गरेपश्चात् २०७३ मंसिर मसान्तसम्म ४ करोड २९ लाख बराबर अकुत सम्पत्ति आर्जन गरेको अख्तियारले आरोपपत्रमा जनाएको छ । अख्तियारले आरोपपत्रमा उल्लेख गरेको विवरणअनुसार शर्माले चल–अचल सम्पत्ति एवं सेयर लगानी लगायतका शीर्षकहरुमा समेत गरी ७ करोड ९३ लाख २७ हजार ८५ खर्च गरेको देखिएको छ ।
शर्माले गरेको कूल आर्जनमध्ये ४ करोड २९ लाख ५४ हजार १ सय २४ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको तथा सम्पत्ति विवरण अमिल्दो देखिएको भन्दै अख्तियारले सो बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको थियो ।
अख्तियारले मुद्दा दर्ता गरेपनि उनी पक्राउ भने परेका थिएनन् । शर्मा उपस्थित नभएपछि विशेष अदालतले उनीविरुद्ध म्याद जारी गरेको थियो । अदालतले जारी गरेको म्याद अनुसार शर्मा आइतवार विशेष अदालतमा उपस्थित भएका थिए ।
आइतवार द्वारिकामान जोशी र चण्डीराज ढकालको संयुक्त इजलासले शर्मालाई धरौटीमा छाड्न आदेश जारी गरेको हो ।
अदालतको आदेशअनुसार शर्मा आइतवारै ४५ लाख रुपैयाँ बुझाएर छुटेका छन् । शर्माले ४५ लाखको धरौटीका लागि नेपाल इन्भेस्टमेन्ट बैंकको बैंक ग्यारेन्टी बुझाएको विशेष अदालतका प्रवक्ता नगेन्द्र पोखरेलले बताए ।
यसअघि कर फर्स्यौट आयोगमा रहँदा आर्थिक अनियमितता गरेको मुद्दामा पनि शर्मा धरौटी बुझाएर रिहा भएका थिए ।

Advertisement

प्रतिक्रिया