नुवाकोटमा खेतमा खेल्ने क्रममा लडेर एक बालकको मृत्यु

विदुर खबर २०८२ असार ३० गते १०:५८

नुवाकोट । नुवाकोटको पन्चकन्यामा गाउँपालिका वडा नम्बर ५ एक बालकको खेतमा खेल्ने क्रममा लडेर मृत्यु भएको छ ।

Advertisement

पन्चकन्याको चुहाँनडाँडामा खेल्ने क्रममा ११ वर्षिय मनिष गिरीको मृत्यु भएको हो । खेल्ने क्रममा खेतबाट लडेर गम्भीर घाईते भएका उनको उपचारको क्रममा काठमाण्डौमा मृत्यु भएको हो ।

स्थानीय उद्धव गिरीका छोरा मनिष गिरी आइतबार घर नजिकैको खेतमा खेल्ने क्रममा खेतको कान्लाबाट लडेर गम्भीर घाइते भएका थिए ।

Advertisement

तत्कालै उपचारका काठमाडौं लगिए पनि उनको उपचारको क्रममा उनको मृत्यु भएको वडा नम्बर ५ का वडा सदस्य गोकर्ण गिरीले विदुर खबरलाई जानकारी दिए ।

मनिष बुवा उद्धव गिरी वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका छन् । उनको आजै अन्त्यष्टी गरिने परिवारले बताएको छ ।

Advertisement

प्रतिक्रिया