नुवाकोटको विदुरबाट लागु औषधसहित ६ जना पक्राउ

नुवाकोट । नुवाकोटको विदुर नगपालिका वडा नम्बर १ सिमुटारबाट लागु औषधसहित ६ जना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ का राजिब ढुङ्गाना, अनिस राना मगर रहेका छन् भने वडा नम्बर ९ का प्रोमेश श्रेष्ठ, प्रदिप बिसुन्के र वडा नम्बर १० का विशाल मग्राती रहेका छन् ।
यस्तै पक्राउ पर्ने अन्यमा किस्पाङ गाउँपालिका वडा नम्बर २ का पुर्ण तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी विक्रम लामाले जानकारी दिए ।
सिमुटारस्थित पासाङल्हामु सडकखण्ड हुँदै प्रोमेश श्रेष्ठ, प्रदिप बिसुन्के र विशाल मग्रातीले बा ८६ प ८८९२ नम्बरको स्कुटरमा लागु औषध ओसारपसार गर्दै छन भने गोप्य सूचनाको आधारमा शुक्रवार प्रहरी अधिकृत सहितको टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा लागु औषध सहित उनीहरुलाई फेला पारिएको डिएसपी लामाले बताए ।
पक्राउ परेका उनीहरुलाई प्रारम्भिक सोधपुछ तथा अनुसन्धानको क्रममा प्रतिबन्धित लागु औषध खरिद बिक्री तथा ओसारपसार कार्यमा संलग्न भएको भन्दै नुवाकोट जिल्ला अदालतबाट लागु औषध सम्बन्धी कसुरमा सात दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया