गजुरीले विपद उद्दारका सामग्री सुरक्षाकर्मीलाई वितरण ग¥र्यो
नुवाकोट । धादिङको गजुरी गाउँपालिकाले प्रहरी र नेपाली सेनालाई विपदपछि उद्दारका लागी सामग्री प्रदान गरेको छ ।

वर्षाको समयमा धेरै प्राकृतिक विपद् आउन सक्ने र उद्दार सामग्रीको अभावका कारण समयमै उद्दार गर्न नसक्दा ठुलो धन जनको क्षति हुने भन्दै गजुरी गाउँपालिकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी वल नेपाल र नेपाली सेना लगायत ट्राफिक प्रहरीलाई समेत यस्ता सामग्री प्रदान गरेको हो ।
पृथ्वी राजमार्ग क्षेत्र र त्रिशुली नदीको निकै लामो भाग धादिङ जिल्लामा पर्ने र सवारी दुर्घटना लगाएत अन्य प्राकृतिक विपद आईहाल्यो भने उद्दार सामग्रीको अभावले समस्या आउन थालेको भन्दै स्थानीय तहले नै केही सामग्री खरिद गरेर उद्दारमा खटिने सम्वद्ध पक्षलाई प्रदान गरेको गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए ।
थ्रो ब्याग, सुरक्षा ज्याकेट, स्टेचर, सावेल पिक, हाड बोर्ड, सोफ्टी ब्यग, रातको समयमाका लागी टर्चलगायतका आवश्यक सामग्री प्रदान गरेको हो । यसले केही हदसम्म भएपनि प्राकृतिक विपद र सवारी दूर्घटनामा पर्दा महत्वपूर्ण भूमिका निर्वाह गर्ने दावी स्थानीय तहको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














सिटिजन्स बैंकको नयाँ शाखा बट्टारमा
बागेश्वरी आधारभूत विद्यालयमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण
तारुकाघाटमा झोलुङ्गे पुलको शिलान्यास, ‘फास्ट ट्र्याक’मा निर्माण सम्पन्न गरिने
बाढीले घाइते बनाएका ढुङ्गानाको नाम बेपत्ता सूचीमा
त्रिशुली बाढीको पीडा समेटिएको ‘आँखामा बसेको मान्छे’ सार्वजनिक





प्रतिक्रिया