धादिङमा १४३ किलो गाँजासहित एक पक्राउ
नुवाकोट । धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ आपटारमा १४३ किलोभन्दा बढी गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

मलेखु–कान्द्राङगढी भित्री सडकखण्डमा चेकजाँचका क्रममा भारतबाट आएका गाडीबाट ठूलो परिमाणमा गाँजा बरामद भएपछि प्रहरीले भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय गजुरी र ताल्टी प्रहरी चौकीको टोलीले संयुक्त रुपमा चेकजाँच गर्दा भारतीय नम्बर प्लेटको सवारी साधनको सिटमुनी च्यासिसको भागमा फल्स बटम बनाएर लुकाइ राखिएको अवस्थामा गाँजा फेला पारेको थियो।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी, डिएसपी सुवास हमालका अनुसार गाडीमा ३१ वटा पोकामा राखिएको १४३ किलो ८४० ग्राम गाँजा बरामद गरिएको छ।
पक्राउ पर्नेमा भारत, बिहार पूर्वी चम्पारण जिल्ला, मोतिहारी अन्तर्गत रक्सौल थाना नोइयाढिह वार्ड नम्बर ४ सहदेवा बस्ने ४५ वर्षीय सरहज मियाँ रहेका छन्। उनलाई जिल्ला अदालत धादिङको आदेशमा १२ दिन थुनामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा र सवारी साधन अहिले इलाका प्रहरी कार्यालय गजुरीमा राखिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट जेसिजको अध्यक्षमा लामिछाने
सुशासन र समृद्धिको आकांक्षा सम्बोधन गर्ने बजेट आयो : सञ्चारमन्त्री डा.तिमिल्सिना
सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै





प्रतिक्रिया