लिखु गाउँपालिकाका जनप्रतिनिधिलाई क्षमता अभिवृद्दि गर्न प्रशिक्षण

विदुर खबर २०७६ जेठ २६ गते २:१०

नुवाकोट जेठ २६, लिखु गाउँपालिकामा रहेका जनप्रतिनिधिहरुलाई क्षमता अभिवृद्धि गर्न एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।

Advertisement

संवृद्धिको लागि रुपान्तर नेपालको आयोजना तथा नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानिय शासन तथा समुदायिक विकास कार्यक्रमले जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिएको हो । कार्यक्रममा सिमाविदसाध्यवहादुर भण्डारीले देश बनाउन स्थानिय तहहरु खम्बाको रुपमा रहेको भन्दै स्थानियहलाई वलियो बनाउनुपर्ने बताए । उनले स्थानिय तहलाई शसत्त बनाएमा मात्र देशले विकासको गति समात्ने बताए । सिमाविद भण्डारीले राज्य संयन्त्रको अभ्यासमा देश रहेको भन्दै उनले नेपालमा विकासको प्रचुर संभावना रहेकोले छिमेकी देशहरुबाट सिक्न सकिने बताए ।

प्रशिक्षण कार्यक्रममा लिखु गाउँपालिका वडाअध्यक्षहरुले निकै ढिला कार्यक्रम संचालन गरिएको भएपनि प्रभावकारी हुनेमा विश्वास व्यक्त गरे । कार्यक्रममा महिला रक्षक संजाल नुवाकोटकी अध्यक्ष अञ्जली पाण्डे र पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले कार्यक्रमले जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेलने बताएका थिए ।

Advertisement

प्रशिक्षणको क्रममा जनप्रतिनिधिहरुलाई सुशासनको विषयमा अर्जुन रोक्काले प्रशिक्षण दिएका थिए भने र गाउँसभा तथा गाउँपालिकाको विषयमा जिल्ला समन्वय समितिका शाखा अधिकृत छत्रबहादुर अधिकारीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा संवृद्धिका लागि रुपान्तरण नेपालका अध्यक्ष हेमनाथ सेढाईले तीनओटा सरकारले काम गर्दा समस्या सिर्जना भएकोले स्थानिय तहलाई सहजीकरण गर्न कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा लिखु गाउँपालिकाका वडा वडाअध्यक्ष, वडासदस्यहरुको उपस्थिति रहेको थियो ।

 

Advertisement

प्रतिक्रिया