नुवाकोट साहित्य प्रतिष्ठानले तीन स्रष्टालाई सम्मान गर्ने
नुवाकोट जेठ २४, नुवाकोट साहित्य प्रतिष्ठान नेपालले तीन स्रष्टालाई सम्मान गर्ने भएको छ ।
साहित्य सम्मान २०७६ घोषणा गरी डा.नवराज लम्साल, जीवनाथ धमला र विना थिङलाई सम्मान गरिन लागेको प्रतिष्ठानका अध्यक्ष रामकृष्ण अमरले जानकारी दिए । आगामी असार १४ गते नुवाकोटमा एक कार्यक्रमकाबीच उनीहरुलाई सम्मान गरिन लागेको हो ।
विगत डेढ दशकदेखि नियमित रुपमा नेपाली भाषा साहित्य क्षेत्रमा विशेष योगदानको आधारमा उनीहरुलाई सम्मान गर्न लागेको हो ।धादिङका डा. लम्सालाई महामण्डल साहित्य सम्मान, ओखलढुङ्गाका धमलालाई कमलादेवी तथा जगनिधि गजुरेल स्मृति साहित्य सम्मान र काठमाडौंका थिङलाई महामण्डल युवा साहित्य सम्मान गरिने भएको हो । संस्थापक अध्यक्ष एवं सल्लाहकार श्रीराम श्रेष्ठको संयोजकत्वमा गठित सिफारिस समितिको बैठकले हालै सो निर्णय गरेको हो । स्थापनाकालदेखि प्रतिष्ठानले राष्ट्रिय धान दिवसको अवसरमा नियमित सम्मान र साहित्यिक कार्यक्रम गर्दै आइरहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया