नुवाकोट साहित्य प्रतिष्ठानले तीन स्रष्टालाई सम्मान गर्ने

विदुर खबर २०७६ जेठ २४ गते १४:०९

नुवाकोट जेठ २४, नुवाकोट साहित्य प्रतिष्ठान नेपालले तीन स्रष्टालाई सम्मान गर्ने भएको छ ।

Advertisement

साहित्य सम्मान २०७६ घोषणा गरी डा.नवराज लम्साल, जीवनाथ धमला र विना थिङलाई सम्मान गरिन लागेको प्रतिष्ठानका अध्यक्ष रामकृष्ण अमरले जानकारी दिए । आगामी असार १४ गते नुवाकोटमा एक कार्यक्रमकाबीच उनीहरुलाई सम्मान गरिन लागेको हो ।

विगत डेढ दशकदेखि नियमित रुपमा नेपाली भाषा साहित्य क्षेत्रमा विशेष योगदानको आधारमा उनीहरुलाई सम्मान गर्न लागेको हो ।धादिङका डा. लम्सालाई महामण्डल साहित्य सम्मान, ओखलढुङ्गाका धमलालाई कमलादेवी तथा जगनिधि गजुरेल स्मृति साहित्य सम्मान र काठमाडौंका थिङलाई महामण्डल युवा साहित्य सम्मान गरिने भएको हो । संस्थापक अध्यक्ष एवं सल्लाहकार श्रीराम श्रेष्ठको संयोजकत्वमा गठित सिफारिस समितिको बैठकले हालै सो निर्णय गरेको हो । स्थापनाकालदेखि प्रतिष्ठानले राष्ट्रिय धान दिवसको अवसरमा नियमित सम्मान र साहित्यिक कार्यक्रम गर्दै आइरहेका छन् ।

Advertisement

प्रतिक्रिया