ह्यान्डसम देखिन दाह्रीका ५ स्टाइल: तपाईंलाई कुन सुहाउँछ ?

विदुर खबर २०७४ फागुन १९ गते १३:२६

कुनैबेला सफाचट अनुहार देख्दा भन्थे, ‘आहा क्या ह्यान्डसम ।’

Advertisement

अहिले अनुहारमा दाह्रीको बान्की देख्दा भन्न थालेका छन्, ‘आहा क्या स्टाइलिस ।’

हो, अहिले दाह्रीको फेसन छ । कुनै खेलाडी होस् वा कलाकर्मी, सबैले थरीथरीका दाह्री सजाउन थालेका छन् । यहि शैलीलाई आम युवाले पनि जस्ताको तस्तै अनुसरण गरिरहेका छन् ।

Advertisement

विगतमा दाह्री/जुँगालाई पुरुषको शान मानिन्थ्यो । प्रतिष्ठाको विषय बनाइन्थ्यो । अहिले त्यसैको पुनरावृत्ति भएको छ । स्टाइलिस दाह्री–जुँगा सजाउने फेसन चल्तीमा छ ।

दाह्री कस्तो बनाउने त ? कुन स्टाइलको ट्रेन्ड छ ?

Advertisement

यसको जवाफ आफ्नो अनुहारको बान्कीको आधारमा खोज्न सकिन्छ । अनुहारको बनौट अनुसार नै दाह्रीको स्टाइल खोज्नुपर्छ । यद्यपी आफ्नो अनुहार कुन किसिमको हो ? कस्तो खालको दाह्री सजाउने ? यहि द्विविधा मेट्नका लागि यहाँ प्रचलित दाह्रीका स्टाइल पेश गरिएको छ ।

मीडियम केम्प्ट बियर्ड

यो लुक्स ती व्यक्तिहरुलाई सुट गर्छ जसको गाला मोटा छन् । यस लुक्सका लागि लगभग एक महिना दाह्री बढाउनु पर्छ । दाह्रीको साथै जुँगाको यस्तो कम्बिनेसन अचेल निकै लोकप्रिय बनिरहेको छ ।

दाह्री बाक्लो छ तर, लामो दाह्री रेखदेख गर्न झ्याउ लाग्छ भने यो स्टाइल तपाईंका लागि उपयुक्त हुन सक्छ ।

ग्रुम्ड बियर्ड

ग्रुृम्ड बियर्ड स्टाइल ती मानिसहरुका लागि हो जसको अनुहार लाम्चो छ । यदि अनुहार पनि लाम्चो छ भने क्लीन सेभ वा अरु कुनै लुक सुहाउँदैन । जबकि यो स्टाइल निकै आकर्षक देखिन्छ । यसका लागि दाह्रीलाई अलिकति बढाएर सैलुनको सहारा लिनुपर्छ ।

लंग अनकेम्प्ट बियर्ड

यो ड्यासिङ लुकले तपाईंको पर्सनालिटीमा एक प्रकारको आकर्षण पैदा गर्छ । यो लुक ती व्यक्तिहरुको लागि हो जसको गाला सुकेको छ र जुँगा लामो छ । यस लुकलाई अनकेम्प्ट बियर्ड भनिन्छ, तर यसको मतलब यो होइन कि यसका लागि आफ्नो दाह्री र जुँगालाई हेरचाह नै गर्नुपर्दैन । खासमा यो लुकका लागि तपाईंले धेरथोर सेटिङ गराउनुपर्छ ।

सर्ट फुल फेसियल हेयर

यो लुक आजकाल सबैभन्दा बेसी लोकप्रिय छ । यदि अनुहार गोलो छ र गाला भरिएको छ भने यो लुक खुब जम्छ । यसमा दाह्रीलाई खासै रेखदेख पनि गर्नु पर्दैन र दाह्रीको लामा रौंले गर्दा हन समस्याहरुबाट पनि बच्न सकिन्छ ।

थिक स्टबल बियर्ड

यो लुकमा तपाईंको पर्सनालिटी अति ‘कृल’ देखिन्छ । यसका लागि तपाईंले आफ्नो दाह्रीलाई लगभग एक महिना बढाउनुपर्छ र त्यसपछि अलिअलि ट्रिम गराएर ग्रुमिङ गर्नुपर्छ । यो प्राय सबै अनुहारको बनोटमा राम्रो देखिन्छ ।

प्रतिक्रिया