जगद्गुरु माहायोगी सिद्दबाबा कृष्णदासजी महाराज अस्ट्रेलिया जादै

नुवाकोट जेठ २१,नेप्लीज हिन्दु समाज अस्ट्रेलियाको विशेष अग्रहमा आद्यजगद्गुरु रामानन्दाचार्य पद विभूषित जगतगुरु डा. श्रीवैष्णव कृष्णदासजी माहायोगी अस्ट्रेलिया जाने भएका छन् ।
नेप्लिज हन्दु समाज अस्ट्रेलियाले आगामी जुलाइ ८ देखि १४ सम्म सिद्दमहायोग ध्यान साधना, श्रीमदभागवत ज्ञानमहायज्ञ, पितृमोक्ष यज्ञ, बटुकहरुको सामुहिक ब्रतबन्ध र कन्याहरुलाई सामुहिक गुन्यु चोली प्रदान गर्ने कार्यक्रम प्रमुख आकर्षण जगद्गुरु हुने आयोजक संस्थाका कोषाध्यक्ष पन्डित प्रकाश ढोडारीले जनाएका छन्।
सिद्द माहायोग ध्यान साधना जगद्गुरु स्वयं र वाहासंग आउने सिद्द माहायोगी आध्यात्मिक प्रतिष्ठानको समूहले सञ्चालन गर्नेछ भने श्रीमदभागवत ज्ञानमहायज्ञ बाचनको लागि नेपालका चर्चित युवा वाचक पन्डित कुबेर सुबेदी आँउदैछन जस्ले यसभन्दा अगाडि पनि अस्ट्रेलियामा पुराण बाचन गरिसकेका छन्। आयोजकले जानकारी दिए अनुसार यसअघि नेपाल, भारत, थाइल्यान्ड, क्यानडा, बेलायत, अमेरिका, दुबइ, चीन आदि देशहरुमा सिद्दमहायोग ध्यान साधना सम्पन्न भइसकेको र हाल तिं देशहरुमा माहायोग साधना केन्द्र समेत संचालनमा रहेको र यो वर्ष अष्ट्रलियामा महायोगी साधना केन्द्र खोल्न लागेकोले सो केन्द्रको उद्घाटन समेत जगद्गुरु माहायोगी सिद्दबाबा कृष्णदासजी महाराजबाट हुने कार्यक्रम रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया