जिल्ला अस्पताल त्रिशुलीमा हिमालयन बैकको एटिएम सेवा
विदुर खबर
२०७६ जेठ २० गते १४:३९

नुवाकोट जेठ २०, नुवाकोटको कोलनीमा रहेको जिल्ला अस्पताल त्रिशुलीमा सोमबारदेखि हिमालयन बैक लिमिडेटले एटिएम सेवा शुरु गरेको छ ।
अस्पतालमा आउने बिरामीका आफन्त र कोलनीका स्थानियबासीलाई मध्यनजर गरि एटिएम सेवा शुरु गरिएको बैकंका शाखा प्रबन्धक निना प्रधानले जानकारी दिइन ।
हिमालयन बैकको विदुर नगरपालिकाको बट्टार, म्यागङ गाउँपालिका र तारकेश्वर गाउँपालिकामा रहेको तीन शाखामार्फत नुवाकोटमा सेवा प्रवाह गरिरहेको छ । अस्पतालमा एटिएमको शुरुवात भएकोमा विरामीका आफन्त र स्थानियबासीले खुशी व्यक्त गरेका छन ।
सम्बन्धित
प्रतिक्रिया