राम्रो जागिरको लोभमा ठगिए ४०० युवा

विदुर खबर २०७४ फागुन १९ गते १३:१९

१९ फागुन, काभ्रे । खानीखोलाका ओमविक्रम लामा रोजगारीका लागि विदेश जाने तयारीमा थिए ।

Advertisement

कक्षा १२ मा अध्ययन गर्दागर्दै भारतको गोवा पुगेर वेटर काम गरेका उनी १२ बैशाख २०७२ को भूकम्पपछि नेपाल आएका थिए । घर बनाउने लगायतका काम गरेपछि गोवा होइन, विदेश जाने सोच बनाए । दुबईमा रहेका नातेदारसँग उनले विदेश जाने योजना सुनाएका थिए ।

तर, विदेशमा रहेका नातेदारले आफूलाई पनि राम्रो जागिर छ भन्दै आउन प्रेम लामाले प्रस्ताव गरेको सुनाए । ओमलाई लाग्यो, नेपालमै बसेर काम गर्ने र राम्रो तलब पाइने भए किन विदेश जानू ?

Advertisement

रौतहटका प्रेमसँग पटक-पटक भेट भयो । उनले भारतको विहारस्थित मोतिहारी जिल्लाको ‘आइकोनिक ट्रेड मार्ट कम्पनी’ले वीरगञ्जमा अफिस राखेर विभिन्न पदमा जागिर दिन लागेको सुनाए ।

मासिक ४० हजार भारु तलब आउने, दुई महिनापछि दोब्बर हुने तर, सुरुमा केही पैसा बुझाउनु पर्ने बताए । ओमले विदेशमा भएका साथीभाइसँग ऋण लिए र ३१ साउनमा प्रेमसँग वीरगञ्ज लागे ।

Advertisement

त्यो दिन उनलाई प्रेमले ‘वीरगञ्जमा होस्टल खाली रहेनछ, १५ मिनेट पारी जाउँ’ भन्दै भारत प्रवेश गराए । उनी भन्छन्, ‘१५ मिनेट भन्दै ३ घन्टा पर लग्यो र एउटा होस्टलमा पुर्‍यायो ।’

त्यहाँ उनीसँगै थुप्रै युवाहरुले केही दिन कक्षा लिए । ओमले ‘प्रोडक्टमा लगानी’ भन्दै २ लाख ४ हजार ८०० रुपैयाँ बुझाए ।

होस्टल शुल्क भनेर १५ हजार लिइएको थियो ।

तालिम लिएपछि उनी घर फर्किए । जब महिना मर्‍यो, तलब बुझ्न जाँदा उनी छाँगाबाट खसे झै भए । ओम भन्छन्, ‘तिमीले अरु मान्छे ल्याएका छैनौं, ल्याएको भए तलब पाउँथ्यौं भन्न थाले ।’

त्यसपछि उनलाई लाग्न थाल्यो यो कम्पनीको भर छैन तर, २ लाख बढी रकम पनि फसिसकेको थियो । उनको नागरिकता पनि कम्पनीसँगै थियो, जुन अहिलेसम्म फिर्ता पाएका छैनन् ।

उनी मात्र होइन, खानिखोला गाउँपालिकाका राजेन्द्र थोकरले पनि शिक्षकको अस्थायी छाडेर यो कम्पनीमा पुगेका थिए । २ लाख ८ हजार रुपैया रकम बुझाएका उनी पनि ओम जस्तै ठगिएका छन् ।

प्रतिक्रिया