आयआर्जन बढाउन राउतवेशीमा महिलाहरुलाई मुढा बनाउन सिकाइँदै

विदुर खबर २०७६ जेठ १६ गते १४:५३

नुवाकोट जेठ १६ । महिलाहरुलाई स्वरोगजगार मार्फत आर्यजनको लागि योग्य बनाउन दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ को राउतवेशीमा मुडा बनाउने सम्बन्धी सिप विकास कार्यक्रम संचालन भएको छ ।

Advertisement

लालीगुराँस सामुदायिक विकास केन्द्र रसुवा र जोइन्ट भिजन कन्सल्टेन्सी वालाजुको आयोजना तथा घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटको सहयोगमा तालिम संचालन भएको हो । तालिमको बिहिबार जिल्ला लघु उद्यम संघले अनुगमन समेत गरेको छ । कार्यक्रममा बोल्दै दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष धुव्रकर केशीले तालिमले सांकेतिक रुप मात्र दिने भन्दै त्यसलाई चित्रमा उर्तान व्यक्ति स्वयम लागीपर्ने बताए । उनले गाउँपालिकाकोे आर्थिक सहयोगमा महिलाहरु लक्षित विभिन्न कार्याक्रम आएको भन्दै त्यसको सही सदुपयोग गर्न आग्रह गरे ।

कार्यक्रममा  घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटका प्रमुख विजय भट्टराईले सरकारले तालिममार्फत विशेषगरि महिला र पिछडिएका वर्गलाईस्वरोगगार र आत्मनिर्भर बनाउन जिल्लाकोे १२ वट्टै स्थानिय तहमा गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत विभिन्न तालिमहरुको आयोजना गरेको बताए । त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिकी सदस्य सुविना प्रधान,जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख विकल भट्टराई, जिल्ला लघु उद्यम संघकी अध्यक्ष गीता थापा र घरेलु महासंघका अध्यक्ष सिताराम रिमालले तालिममार्फत सिकेका सिपलाई दिगो बनाउन आग्रह गरे । त्यस्तै तालिमामा सहभागी भएका प्रशिक्षार्थी हिरा केशीले तालिममा प्राविधिक ज्ञान हासिल भएकोले त्यसले व्यवसायिक उत्पादनमा जोड दिने बताए । त्यस्तै लालीगुराँस सामुदायिक विकास केन्द्र रसुवाका अध्यक्ष निलनाथ आचार्यले सिमित श्रोत र साधनका वावजुत गाउँपालिकाको विकट मानिएको स्थानमा कार्यक्रम गरिएको हुँदा तालिमले बाटो मात्र देखाएको धारणा व्यत्त गरे ।

Advertisement

प्रतिक्रिया