डिजेल र पेट्रोलको मूल्य बढ्यो, यस्तो छ नयाँ दर
विदुर खबर
२०७६ जेठ १६ गते ३:३२

नुवाकोट जेठ १६,नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
बुधबार रातिबाट नै लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । निगमले साविकको खुद्रा मूल्यमा पेट्रोल, डिजेल र मट्टीतेलमा डेढ रुपैयाँ बढाएको हो। मूल्य बढेसंगै अब पेट्रोल प्रतिलिटर १११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर ९८ रुपैयाँ ५० पैसा कायम भएको छ।
अर्थमन्त्री डा युवराज खतिवडाले बजेटमार्फत् पेट्रोलियम पदार्थमा थप एक रुपैयाँ पूर्वाधार कर लगाउने घोषणासँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया