गणतन्त्र दिबसको अवसरमा नुवाकोटका ८ जना बन्दी रिहा

विदुर खबर २०७६ जेठ १६ गते २:१७

नुवाकोट जेठ १६, गणतन्त्र दिबसको अबसर पारेर बुधबार जिल्ला कारागार नुवाकोटमा बन्दी रहेका ८ जना लाई कैदमुक्त गरिएको छ ।

Advertisement

कारागारको अनुसार तोकिएको कैदमा ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका कैदीहरुको बाँकी कैदकट्टी सम्बन्धि प्रमुख जिल्ला अधिकारी र जेलरको सिफारिसको आधारमा कैदमुक्त गरिएको हो । कैदमुक्त हुनेहरुमा सबारी ज्यानको मुद्धा लागेका नुवाकोटका प्रेमलाल श्रेष्ठ, सुनसिंह तामाङ र गहेन्द्रराज गजुरेल रहेका छन् । यसैगरी कर्तब्य ज्यानको मुद्धा लागेका हुम्लाका खान्दु तामाङ र नुवाकोटका कान्छी तामाङ, चोरी र आगो लगाई ज्यान मार्ने मुद्धा लागेका नुवाकोटका नरबहादुर दमाई र सरकारी छाप दस्तखत किर्तेको मुद्धा लागेका सन्तोषकुमार तामाङ गरी ८ जनालाई थानामुक्त गरिएको जिल्ला कारागार नुवाकोटले जनाएको छ ।

गणतन्त्र दिबसको अबसर पारेर देशैभर रहेका ७४ कारागार मध्येका १ सय २९ कैदीहरुलाई जेल मुक्त गरिएको छ । अहिले जिल्ला कारागार नुवाकोटमा १३ महिला र १ सय ४७ पुरुष गरी १ सय ६० जना कैदीबन्दी रहेका छन् । यसैबीच जिल्ला कारागार नुवाकोटले बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

Advertisement

प्रतिक्रिया