गणतन्त्र दिबसको अवसरमा नुवाकोटका ८ जना बन्दी रिहा
नुवाकोट जेठ १६, गणतन्त्र दिबसको अबसर पारेर बुधबार जिल्ला कारागार नुवाकोटमा बन्दी रहेका ८ जना लाई कैदमुक्त गरिएको छ ।
कारागारको अनुसार तोकिएको कैदमा ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका कैदीहरुको बाँकी कैदकट्टी सम्बन्धि प्रमुख जिल्ला अधिकारी र जेलरको सिफारिसको आधारमा कैदमुक्त गरिएको हो । कैदमुक्त हुनेहरुमा सबारी ज्यानको मुद्धा लागेका नुवाकोटका प्रेमलाल श्रेष्ठ, सुनसिंह तामाङ र गहेन्द्रराज गजुरेल रहेका छन् । यसैगरी कर्तब्य ज्यानको मुद्धा लागेका हुम्लाका खान्दु तामाङ र नुवाकोटका कान्छी तामाङ, चोरी र आगो लगाई ज्यान मार्ने मुद्धा लागेका नुवाकोटका नरबहादुर दमाई र सरकारी छाप दस्तखत किर्तेको मुद्धा लागेका सन्तोषकुमार तामाङ गरी ८ जनालाई थानामुक्त गरिएको जिल्ला कारागार नुवाकोटले जनाएको छ ।
गणतन्त्र दिबसको अबसर पारेर देशैभर रहेका ७४ कारागार मध्येका १ सय २९ कैदीहरुलाई जेल मुक्त गरिएको छ । अहिले जिल्ला कारागार नुवाकोटमा १३ महिला र १ सय ४७ पुरुष गरी १ सय ६० जना कैदीबन्दी रहेका छन् । यसैबीच जिल्ला कारागार नुवाकोटले बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया