विदुर खानेपानीको अधिवेशनमा राजनीतिक भाषा प्रयोग गरेको भन्दै सिडीयोको आलोचना
नुवाकोट जेठ १५,बट्टारको कभर्डहलमा मंगलबार शुरु भएको विदुर खानेपानी तथा सरसफाई उपभोत्ता समितिको आठौ साधारणसभा तथा सातौ अधिवेशनमा मन्तव्यको क्रममा प्रमुख जिल्ला अधिकारी उद्धववहादुर थापाले राजनितिक भाष प्रयोग गरेको भन्दै तिव्र आलोचना भएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै प्रजिअ थापाले गत साता मानवअधिकार आयोगका सदस्य सुदिप पाठक जिल्ला प्रशासन कार्यालयको शौचालयमा पानी फ्ल्स गर्दा हिलोको लेदो मात्र आएको र आफुलाई प्रश्न सोध्दा लज्जाबोध भएको उनले थापाले बताएका थिए । मुअब्जा विवादलाई दोष दिएर खानेपानी आयोजना पन्छिन नमिल्ने भन्दै त्यसको जिम्मेवार स्वय खानेपानी समितिका पदाधिकारीहरुले लिनुपर्ने बताएका थिए । सिडियो थापाले सडकमा पानीको पाईप बिछाउँन कसैले अवरोध सिर्जना गरे आफु कडा रुपमा प्रस्तुत हुने रे जिम्मेवारी लिएर बसेका व्यक्तिहरुले अरुलाई दोष दिएर उम्कन नमिल्ने बताएका थिए ।
प्रजिअ थापाको मन्तव्यको विरोध गर्दै विदुर नगरपालिकाका प्रमुख सञपु पण्डितले खानेपानीको विषयमा बारम्बार अवरोध हुँदा प्रजिअ थापाले अहिले आएर कुरा फेरेको बताए । नगरपालिकाका प्रमुख पण्डितले “बाटो अवरोध हुँदा जिल्ला प्रशासन कार्यालय पुगेर सधै जानकारी गराउने गरेको तर प्रजिअले पहल गर्छु मात्र भन्ने गरेको स्मरण उनले भने “जुन उहाँले आज चर्काे कुरा गर्नुभयो त्यो राम्रो भएन” पण्डितले भने ।
त्यस्तै कार्यक्रममा नेकपाका नेता वुद्धि प्रधानले “पानीको लागि बारम्बर सडक अवरुद्ध हुँदा सिडीयो साफले केही वास्ता गर्नु भएन , तर आज उहाँदे जुन अभिव्यक्ति दिनुभयो त्यो उहाँले विल्कुल राजनितिक भाषण गर्नुभयो त्यो उहाँको लागि सुहाउँदैन ।” प्रधानले बाटो अवरोधको समयमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउँदा बा वि।ामी हुनुहुन्छ भनेर पन्छिनुभयो आज आएर यस्तो कुरा गर्नुहुन्छ प्रधानले आक्रोशति हुँदै भने । उनले विदुर नगरपालिका वडा नम्बर १० मा वडाअध्यक्षले नै बाटो अवरोध गरेको भन्दै कहाँ गएको थियो सिडियो सापको प्रशासन भन्दै्र प्रश्न गरे । नगरपालिकाका मेगर पण्डित र नेता वुद्धि प्रधानले कार्यक्रममा सम्बोधन गरेको वेला प्रजिअ थापा भने समयअभाव भएको भन्दै निस्किसकेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













युवालाई फुटाउने राजनीति धेरै देख्यौ, अब जुट्ने राजनीति चाहिन्छ : गुरुङ
नुवाकोट २ मा केसीले जोगाउलान् परिवारको विरासत ?
रुकुम पूर्वमा भारी हिमपात
तारकेश्वरमा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु
गगन थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर चुनावमा जाँदै कांग्रेस





प्रतिक्रिया