नुवाकोटमा कृष्णसेन इच्छुकको सम्झना

विदुर खबर २०७६ जेठ १३ गते १३:५८

नुवाकोट जेठ १३, सहित तथा पत्रकार कृष्णसेन इच्छुकले देखेको सपना अझै पुरा नभएको सरोकारवालाहरुले बताएका छन ।

Advertisement

विदुरमा प्रेस संगठन नुवाकोटले आयोजना गरेको कृष्णसेन इच्छुकको १७ औ स्मृति दिवसको अवसरमा सेनले देखेको जनअधिकारको सपना अझै पुरा नभएको सरोकारवाला व्यक्तिहरुले बताएका हुन । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर ३ की सदस्य सुभद्रा नेपालले कृष्ण सेन र १२ हजार शहिदले देखेको जनताको अधिकार अझै स्थापित हुन नसकेको बताइन । “सेनले देखेको परिवर्तन देखिन अझै केही समय लाग्ने मैले देखेको छु , त्यो परिवर्तन विप्लवजीहरुले गर्ने हो को भन्ने संभावना मैले देखेकी छु उनले भनिन् ।” उनले विप्लव माओवादीलाई सरकारले लगाएको प्रतिबन्धप्रति संकेत गर्दै विद्रोहीहरुलाई उत्तेजित बनाउन नहुने बताइन । त्यस्तै वुद्धिजीवि शिवराम रिजालले सेनले समाज रुपान्तररणको लागि गरेको योगदान अतुलनिय रहेको बताए । रिजालले सेनले लिएको विचार र दृष्टिकोण अहिलेपनि निकै समयसान्दर्भिक रहेको उल्लेख गरे ।

कार्यक्रममा नेकपाका नेता इन्द्र पण्डितले कृष्णसेन इच्छुकको व्यक्तित्वबाट अहिलेका पुस्ताहरुले व्यवहारिक र जीवनउपयोगी ज्ञान पाउने बताए । त्यस्तै सो कार्यक्रममा नेकपाका नेता यमकुमार खाती, प्रेस संगठनका केन्द्रिय सदस्य देवचन्द्र भट्ट,प्रेस चौतारी नुवाकोटका अध्यक्ष भोलाराज पौडेल लगायतले कृष्ण सेनले पत्रकारिता क्षेत्रमा पुराएको योगदानबारे चर्चा गरेका थिए ।

Advertisement

प्रतिक्रिया