विदुर नगरपालिकामा कार्यरत मेलमिलापकर्ता सुचीकृत

विदुर खबर २०७६ जेठ १३ गते ०:५४

नुवाकोट जेठ १३, विदुर नगरपालिकाले नगरक्षेत्रभित्र कार्यरत रहेका मेलमिलापकर्ताहरुलाई आइतबार सुचीकृत गरेको छ ।

Advertisement

विदुर नगरपालिकाको न्यायिक समितिको आयोजना तथा प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको सहजिकरणमा आयोजना भएको आधारभुत मेलमिलाप तालिमको समापन कार्यक्रममा तालिममा सहभागी भएका २५ जना मेलमिलापकर्ताहरु सुचीकृत भएको विदुर नगरपालिकाको न्याय समितिले जानकारी दिएको छ । तालिममा सहमागीहरुलाई विदुर नगरपालिकाले परिचयपत्र समेत वितरण गरेको प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नुवाकोटले जनाएको छ ।
संविधानमा व्यवस्था भए वमोजिम नगरपालिकाको वडामा अपुग रहेका मेलमिलापकर्ताहरुको पुर्ती गर्न तालिमको आयोजना गरेको विदुर नगरपालिकाको न्यायीक समितिकी संयोजक गीता दाहालले बताइन । उनले तालिम लिएर मात्र अर्थ नहुने भन्दै लिएको तालिमबाट आफुलाई तिर्खार्नुपर्ने उल्लेख गरिन । न्यायिक समितिकी संयोजक दाहालले तालिमबाट सिकेका व्यववहारिक ज्ञानलाई प्रत्येक वडावडामा पुगेर प्रयोग गर्दै जिल्लाकै उत्कृष्ट मेलमिलाप केन्द्र बनाउन आग्रह गरिन । कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुदेवकुमार पोखरेलले सामान्यदेखि जटिल किसिमका मुद्धाहरु मेलमिलापकर्ताहरु सफल हुने विश्वास व्यक्त गरे । उनले तालिमपछि प्रमाणपत्र घरमा थन्काउने खोस्टो मात्र नबनाई कार्यक्षेत्रमा गएर आफुलाई सक्षम सावित गर्नुपर्ने बताए ।

तालिमको प्रशिक्षकको रुपमा सहजीकरण गरेका प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नुवाकोटका संयोजक सिताराम रिमालले फाटेका मनहरु जोड्न मेलमिलापकर्ताहरु ठुलो भुमिका खेल्ने भन्दै तालिमबाट उत्पादन भएका जनशक्तिले प्रभावकारी रुपमा काम गर्ने बताए । कार्यक्रममा सहभागि भएका प्रशिक्षार्थीहरुले आफुहरुलाई तालिमले जीवनको व्यवहारिक पक्षको ज्ञान दिनुको साथै समाजमा आउने विभिन्न प्रकृतिका विवादका मुद्धा र त्यसको मिलनको विन्दु खोज्न सहज पारिदिएको बताएका छन । ९ दिनसम्म संचालन भएको तालिममा नगरक्षेत्र भित्रका महिला र पुरुष गरि २५ जनाको सहभागिता रहेको विदुर नगरपालिकाको न्यायिक समितिले जनाएको छ ।

Advertisement

प्रतिक्रिया