बजार बिक्री संघ प्रदेश तीनको अध्यक्षमा कुमार तिमल्सीना

नुवाकोट जेठ १२, नेपाल बजार बिक्री प्रतिनिधी संघ प्रदेश तीनको चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
अधिबेशनबाट संघको अध्यक्षमा कुमार तिमल्सीना निर्बा्चित हुनुभएको छ । यस्तै, उपाध्यक्ष सैलेस बुढाथोकी, सचिब प्रदिप धिताल, सहसचिब अंकुर कोइराला, कोषाध्यक्ष मुरारी घिमिरे, सदस्यहरु नवराज चौलागाँइ, सुबास श्रेष्ठ, सुजन श्रेष्ठ, नवराज देवकोटा, नवराज लामिछाने पुष्कर दहाल, अनन्त के।सी, मदन श्रेष्ठ, सुसिला नेपाल, बिकास थापा, किशोर कुँवर, इन्द्र प्रसाद सिल्वाल बिजयी भएका छन् । संघको उपाध्यक्ष पदमा निर्वा्िचत शैलेस बुढाथोकी नुवाकोट जिल्लाको रहेका छन् ।
नब निर्बा्चित अध्यक्ष तिमल्सीनाले बजार प्रतिनिधीको हक हितका र पेसागत अधिकार र राज्य बाट पाउने सेवा सुविधाहरु उपल्बध गराउने कार्य आफ्नो ध्यान केन्द्रीत रहने बताए । आफ्नो कार्यकालमा संघलाइ व्यवस्थित बनाएर लैजाने बताएका छन ।
कार्यक्रममा उद्मोग वाण्ज्यि संघ प्रदेश तीनका अध्यक्ष दिनेश श्रेष्ठले राज्यको संघिय संरचना अनुसार नै संघ गठन गरेर अगाडि बढ्न सुझाब दिदै उनले उत्पादन र्कताले वस्तु उत्पादन गर्दैमा त्यसको बजार र बिक्री गराउने काम बजार प्रतिनिधीले गर्दै आएको बताए । अध्यक्ष श्रेष्ठले संघलाइ राजनैतिक संगठन रुपमा नहेरि पेशागत संघका रुपमा बिस्तार गर्दै लैजान अनुरोध गरे । प्रदेशको अधिबेशन पश्चात् नुवाकोट र धादिङ समन्वय गर्ने गरि नयाँ समिती चयन हुने भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया