सुर्खेतमा फेला पर्यो १२ थान बन्दुक
विदुर खबर
२०७६ जेठ १२ गते २:४०

नुवाकोट जेठ १२, जिल्ला प्रहरी कार्यालय सुर्खेतले १२ थान भरुवा बन्दुक फेला पारेको छ।
विगत एक महिनाको अवधिमा १२ थान हतियार फेला परेको सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी प्रदीप क्षेत्रीले जानकारी दिए।बैसाख १६ गते बराहताल गाउँपालिका–५ करियापानीबाट २ थान हतियार फेला परेको थियो। त्यस्तै बैसाख १७ गते सोही गाउँपालिकाको लेखगाउँ चेपाङबाट १ नाल बन्दुक फेला परेको प्रहरीले जनाएको छ।
जेठ ४ गते बराहताल गाँउपालिका वडा ईलाकामा सामुदायिक प्रहरी साझेदारीता कार्यक्रम अन्तर्गत गस्ती गर्ने क्रममा प्रहरी चौकी बड्डीचौरले ६ थान भरुवा बन्दुक फेला पारेको थियो। यसरी जम्मा १२ थान भरुवा बन्दुक फेला परेको डिएसपी क्षेत्रीले जानकारी दिए।
सम्बन्धित
प्रतिक्रिया