तारकेश्वरमा बाँसको मुढा र व्यवसायिक च्याउ खेती तालिम संचालन

विदुर खबर २०७६ जेठ १२ गते २:२१

नुवाकोट जेठ १२, बाँहुनडाँडा । गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत तारकेश्वर गाउँपालिकामा वाँसको मुढा बनाउने तालिम र व्यवसायिक च्याउ खेती तालिम गाउँपालिकाको वडा नम्बर २ र ३ मा जारी छ ।

Advertisement

सामुदायिक तथा व्यवसायिक विकास प्रर्वद्धन समाज (कोब्डेप्स) को आयोजना तथा घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटको सहयोगमा तालिम संचालन भइरहेको हो । तालिमको जिल्ला उद्यम विकास समितिले अनुगमन समेत गरेको छ । अनुगमनको क्रममा तालिम सन्तोषजनक देखिएको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तथा अनुगमन समितिका सदस्य ताराबहादुर कार्कीले जानकारी दिए । त्यस्तै घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटका प्रमुख विजय भट्टराईले सरकारले तालिममार्फत जनतालाई स्वरोगगार र आत्मनिर्भर बनाउन खोजेकोले नुवाकोटको १२ वट्टै स्थानिय तहमा लालीगुराँस र कोब्डेप्सले गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत विभिन्न तालिमको आयोजना गरेको बताए ।

त्यस्तै जिल्ला समन्वय समितिकी सदस्य सुविना प्रधानले २१ दिने तालिम सिक्न चाहानेहरुको लागि पनि कम भएको भन्दै केही लामो तालिमको आयोजना गरेमा तालिमले दक्ष जनशत्ति उत्पादन गर्ने बताइन । कार्यक्रममा तारकेश्वर गाउँपालिकाका वडाअध्यक्ष समरवहादुर आलेमगरले तालिमपछि व्यवसायकि उत्पादन गरेमा बजार, प्रविधि र व्यवसाय वृद्धिमा सहयोग गर्न वडा कार्यालय तयार रहेको बताए । उनले तालिम तालिमबाट राम्रा प्रशिक्षार्थी निस्किएमा उच्चस्तरको तालिम दिने प्रतिवद्धता व्यक्त गरे । उनले तालिमको नाममा सरकारको धेरै पैसा खर्च हुने भन्दै तालिमको भरपुर सदुपयोग गर्न आग्ह गरे । तालिममा सहभागी भएका सहभागीहरुले तालिमले आफुहरुमा केही गर्नुपर्छ भन्ने भावनाको विकास गराइको बताएका छन । वडा नम्बर २ मा संचालित बाँसको मुढा बनाउने तालिममा १२ महिला र ३ जना पुरुषगरि १५ जना सहभागि भएका छन । तालिम २१ दिन संचालन हुने बताइएको छ । कार्यक्रममा जिल्ला लघुउद्यमी संघकी जिल्ला अध्यक्ष गिता थापा, घरेलु महासंघ नुवाकोटका अध्यक्ष सिताराम रिमाललगायतले तालिम लिएर व्यवसायिक रुपमा उत्पादन गरेमा मात्र तालिमले सार्थकता पाउने बताए । गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत जिल्लाको १२ वट्टै स्थानियतहमा कोब्डेप्स र लालीगुराँस सामुदायिक विकास केन्द्र रसुवाले विभिन्न सिप विकासका तालिमहरु संचालन गराइरहेका छन ।

Advertisement

प्रतिक्रिया