यौनहिंसा तथा ट्राफिक जनचेतना फैलाउँदै नुवाकोट ट्राफिक प्रहरी

विदुर खबर २०७६ जेठ ११ गते १४:३०

नुवाकोट जेठ १०, लिखु गाउँपालिका वडा नम्बर ४ मा रहेको क्षेत्रपाल माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई यौन हिंसा तथा ट्राफिक जनचेतना सम्बन्धि जानकारी गराइएको छ ।

Advertisement

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोट र लिखु गाउँपालिका वडा नम्बर ४ को संयुक्त आयोजनामा कार्यक्रम संचालन भएको हो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख विकल भट्टराईले यौन हिंसा तथा ट्राफिक जनचेतना सम्बन्धी जानकारी गराएका थिए । भट्टराईले समाजमा विशेषगरि महिलाहरु यौनहिंसाको बढी शिकार हुने भन्दै त्यसबाट विद्यालय, अभिभावक स्वय छात्राहरु आफै सचेत हुनुपर्ने बताए । उनले विद्यार्थीहरु समाज परिवर्तनको संबाहक रहेको भन्दै नियमकानुनको पालना गरे उन्नत समाज निर्माण हुने बताए ।

कार्यक्रममा गाउँपालिका वडा नम्बर ४ वडाअध्यक्ष दलबहादुर राईले देशको भविष्य विद्यार्थीहरुको हातमा रहेको बताए । उनले देशमा प्रचलित ऐनकानुनको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउन कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा विद्यालयका पुर्व विद्यार्थी तथा युवा व्यवसायी शैलेश श्रेष्ठले विद्यालयका एकसय ४० जना छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरेका थिए । उनले विद्यालयमा अध्ययनरत छात्राहरुलाई प्रोत्साहन गर्न शैक्षिक सामाग्री वितरण गरिएको जानकारी दिए । उनले आगामी दिनमा समेत विद्यालय र विद्यार्थीको लागि धेरै सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा विद्यालयका प्रध्यानाअध्यापक कृष्णबहादुर राईलगायत विभिन्न विद्यालयसँग सरोकार राख्ने व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया