सार्वजनिक खरिद नियमावलीप्रति नुवाकोट निर्माण व्यवसायीको आपत्ति

विदुर खबर २०७६ जेठ १० गते ०:२८

नुवाकोट जेठ १०,नुवाकोट निर्माण व्यवसायी संघले सरकारले गत वैशाख ३० गते राजपत्रमा प्रकाशित गरेको सार्वजनिक खरिद (छैठौ शंशोधन) नियमावलीमा समावेश केही बुँदाहरुप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

Advertisement

संघले बिहिबार विदुरमा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक क्षेत्रलाई धरासायी बनाउने गरि ऐन आएको भन्दै सो ऐनहरु तत्काल शंशोधन वा खारेजको माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । पत्रकार सम्मेलनमा नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष सुमन अधिकारीले पुजीँगत खर्चतर्फ राज्यको ६५ प्रतिशत खर्च गर्ने निजि निर्माण व्यवसायीहरुलाई सरकारले हेर्ने दृष्टिकोण उचित नभएको बताए । उनले निर्माण व्यवसायीको ठेक्का हाल्ने क्षमता धेरै नभएको भन्दै यसले व्यवसायीहरु मर्कामा परेको बताए । सरकारको यस्तो क्रियाकलापले सरकारले ल्याएको समृद्ध नेपाल सुखी नेपाली भन्ने परिकल्पना साकार नहुने दाबी गरे ।

त्यस्तै नेपाल निर्माण व्यवसायी महासंघ केन्दीय सदस्य सुरेन्दराज केसीले राज्यले बनाएको नियमले निर्माण व्यवसायी मात्र नभई राज्यकै अर्थबजारमा असर पर्नै भएकोले नियमावली संसोधन गर्न माग गरे । उनले संसदमा पेस भएको बिधेयकका केहि बुँदाहरु तत्काल खारेज वा संशोधन नभए निर्माण व्यवसायी संघको लाइसेन्स राज्यलाई बुझाउनु बाहेक अर्काे बिकल्प नरहेको बताए । व्यवसायीहरुले आफुहरुको माग संम्बोधन नभएमा सबै निर्माण कार्यहरु ठप्प गरी हेभी उपकरण सहित आन्दोलमा उत्रने सरकारलाई चेतावनि समेत दिएका छन । व्यवसायीहरुले ८ बुँदे ज्ञापनपत्र पेश गर्दै त्यसको लागि उपयुत्त शंशोधन हुने विषयहरु समेत बुझाएका छन ।

Advertisement

प्रतिक्रिया