बुधसिंहको दलितबस्ती १५ दिनदेखि अन्धकारमा
 
		
	 नुवाकोट जेठ ९, तारकेश्वर गाउँपालिका वडा नम्बर ४ बुधसिंहको दलित बस्तीमा १५ दिनदेखि बत्ती नहुँदा गाउँनै अन्धकार भएको छ ।
नुवाकोट जेठ ९, तारकेश्वर गाउँपालिका वडा नम्बर ४ बुधसिंहको दलित बस्तीमा १५ दिनदेखि बत्ती नहुँदा गाउँनै अन्धकार भएको छ ।
गाउँमा बत्ति नभएपछि आफुहरुको दैनिकी कष्टकर बनेको स्थानिय दिपक सिंखडाले जानकारी दिए । सडक निर्माण गर्दा तार यत्रतत्र परेको र पटकपटक नेपाल विद्युत प्राधिकरणमा जानकारी गराउँदा समेत वेवास्ता गरेको सिंखडाले बताए । उनले आफुहरुको गुनासो प्राधिकरणका कर्मचारीले नसुनेको भन्दै प्रमुख जिल्ला अधिकारी उद्धववहादुर थापालाई गुहार्न बाध्य भएको टेलिफोनमार्फत जानकारी दिए ।
बुधसिंहमा बत्ति नआएको १५ दिन भयो, प्राधिकरणका कर्मचारीले गुनासो संंम्बोधन नगरेको भन्दै आफुलाई समेत फोन आएको प्रमुख जिल्ला अधिकारी उद्धववहादुर थापाले बताए । प्रजिअ थापाले आफुलाई गुनासो आउने बित्तिकै नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख सन्तोष कुमारको ध्यानाकर्षण गराएका थिए । तर वितरण केन्द्रका प्रमुख सन्तोष कुमारले भने पोल अभावको कारण ३ दिनदेखि वुधसिंहमा विद्युत सेवा अवरुद्ध भएको बताए । उनले अहिले कार्यालयमा पोल नभएको भन्दै विद्युत सेवा सुचारु हुन केही दिन लाग्ने बताए ।
गाउँको ६० भन्दा बढी दतिल बस्तीमा विद्युत सेवा अवरुद्ध हुँदा विशेष गरि बालिबालिका, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरु मर्कामा परेको स्थानियबासीले बताएका छन । १५ दिन जति भयो बत्ती गएको बालबालिकाको पढाईमा समेत असर परेको स्थानिय सिंखडाले जानकारी दिए । उनले विद्युत सेवा सुचारु गर्न पहल गरिदिन गाउँपालिका र सम्बन्धित निकायलाई पहल गरेपनि सुनुवाई नभएको दुखेसो पोखे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश





प्रतिक्रिया