समुन्द्रटारमा वाणिज्य संघको व्यवसायिसंग अन्र्तक्रिया

विदुर खबर २०७६ जेठ ८ गते १:४१

नुवाकोट जेठ ८, दुप्चेश्वर गाउँपालीकाको समुन्द्रटारमा नुवाकोट उद्योग वाणिज्य संघ तथा दुप्चेश्वर गाउँपालीकाको संयुत्त आयोजनाकमा मंगलबार उद्योगि तथा व्यवसायि संगको एकदिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

कार्यक्रममा गाउँपालीका अध्यक्ष योविन्द्र सिंह तामाङले गाउँपालीकामा व्यवसायिका सवै समस्या समाधानका लागि आवस्यक जनशक्ति व्यवस्थापन गरी व्यवसाय दर्ता लगायतका काम निरन्तर रुपमा भईरहेको र सोहि वमोजिम गर्न आग्रह गरे । उनले व्यवसायिक हितका लागि गाउँपालीकाद्धारा आवस्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । तामाङले उद्योगि व्यवसायिलाई संगठित गदै गुणस्तरिय वस्तुको उत्पादन तथा विक्रिवितरणको व्यवस्थापनका लागि नुवाकोट उद्योग वाणिज्य संघलाई आग्रह गरे । कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्कीद्धारा व्यवसायिक वातावरण निर्माणका लागि संघ लागि परेको भन्दै व्यवसायिमा पर्ने जस्तोसुकै समस्यमा पनि संघले सहयोग गर्ने बताए । त्यस्तै गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी गजुरेलले गाउँपालीकाद्धारा उद्योगि व्यवसायि मैत्रि निति तथा कार्यक्रम ल्याउने र गाउँपालीकाको विकासमा व्यवसायिको भुमिका अहम हुने भएकोले आवस्यक सहयोगको अपेक्षा गरे ।

कार्यक्रममा उद्योगि व्यवसायिका लागि वित्तिय साक्षरता तथा पहुँच अभिवृद्धिका लागि मेरो माईक्रोफाईनान्सका सरोज पण्डित, ज्वति विकास वैंकका माधव अधिकारी तथा एभरेष्ट वैंकका सुरज केसी ले सहजिकरण गरेका थिए । कार्यक्रममा उद्योग व्यवसाय दर्ता नविकरण तथा अन्य कानुनि प्रक्रियाका विषयमा घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटका शाखा अधिकृत सिता घिमिरेले जानकारी दिएका थिए । पुणिमा कार्यक्रमका गतिविधिको वारेमा पुणिमा कार्यक्रमका चक्रपाणि तिमल्सिना तथा नुवाकोट उद्योग वाणिज्य संघका गतिविधिको विषयमा कार्यक्रम संयोजक घनेन्द्र प्रसाद रिजालले जानकारी गराएका थिए । नुवाकोट उद्योग वाणिज्य संघले व्यवसायिक सुचना प्रदान गर्न ईलम प्रशिक्षण केन्द्र परिसरमा व्यवसाय सहायता कक्ष स्थापना गरि व्यवसायिका समस्या समाधान गर्नका लागि परामर्श सेवा, वित्तिय पहँुचका लागि सहजिकरण, व्यवसाय दर्ता का लागि आवस्यक सहजिकरण गरीरहेको छ । पुणिमा कार्यक्रमको सहयोगमा आयोजित कार्यक्रममा निर्माण क्षेत्रका ७० वढि उद्योगि व्यवसायिको सहभागिता रहेको थियो ।

Advertisement

प्रतिक्रिया