समृद्ध नुवाकोटद्वारा सिल्ट्यान्की परिसरमा सरसफाई

विदुर खबर २०७६ जेठ ५ गते ६:३४

नुवाकोट जेठ ५, समृद्ध नुवाकोट नामक फेसबुक पेजबाट एकजुट भएका युवाहरुको समुहले आइतबार बिहान सिल्ट्याङ्की परिषरमा सरसफाई कार्यक्रमको आयोजना गरेको छ ।

Advertisement

आन्तरिक पर्यटकहरुको पहिलो गन्तव्य बन्ने गरेको सिलट्याङ्कीमा हरेक शनिबार मानिसहरुको भीड लाग्ने हुँदा जथाभावी फोहोर नफाल्न जनचेतना फैलाउने उदेश्यले सरसफाई कार्यक्रमको आयोजना गरिएको समृद्ध नुवाकोट अभियानका अभियान्ता अश्विन रिमालले जानकारी दिए । उनले सिल्ट्याङ्की क्षेत्रलाई आन्तरकि तथा वाह्य पर्यटन क्षेत्रको रुपमा चिनाउन समेत आगामी दिनमा विविध कार्यत्रममm गर्ने बताए ।

२०७५ मङ्सिर १६ देखि कृयाशिल हुँदै आयको समृद्ध नुवाकोटले सरसफाई, जनचेतनामुलक कार्यक्रम,गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण, रक्तदान कर्यक्रम र मेलाहरुमा शुद्ध खानेपानी बितरणजस्ता सामजिक कामहरु गर्दै आएको छ ।

Advertisement

प्रतिक्रिया